१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वडाबाट रु दुई करोड बढीको लिची बिक्री

अ+ अ-

खोटाङ । रावाबेंसी गाउँपालिकाको दुईवटा वडाका किसानले लिची बिक्रीबाट यस वर्ष मात्रै रु दुई करोडभन्दा बढी रकम आम्दानी गरेका छन् । वडा नम्बर–१ कुभिन्डे र वडा नम्बर–२ खार्पाका किसानले यस वर्ष लिची बिक्रीबाट रु दुई करोड दशभन्दा बढी रकम आम्दानी गरेका हुन् ।

कुभिन्डे र खार्पाका किसानले उत्पादन गरेको लिची यस वर्ष जिल्ला बाहिरसमेत निर्यात भएको गाउँपालिकाले जनाएको छ । कुभिन्डे र खार्पामा यस वर्ष एक हजार ४८७ मेट्रिक टनभन्दा बढी लिची उत्पादन भएको जनाइएको छ ।

लिचीलाई प्रतिदानाका हिसाबले बिक्री गरिने भएकाले ४० देखि ४५ दानालाई एक केजी मान्दा प्रतिकेजी रु ३५ पर्ने किसानले बताएका छन् । कुभिन्डे र खार्पाको १७५ हेक्टर क्षेत्रफल जग्गामा लिची खेती गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाको करीब ४०० हेक्टर क्षेत्रफल जमीनमा लिची खेती गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । जिल्लामा हाल रावाबेंसी गाउँपालिकाको कुभिन्डे र खार्पामा मात्र लिची उत्पादन हुने भएकाले सो स्थानका किसानले लिचीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

कुभिन्डे र खार्पामा उत्पादित लिची दिक्तेल, बाक्सिला, ऐसेलुखर्क लगायतका बजारमा खपत हुने गरेको छ । रावाबेंसी गाउँपालिकामा उत्पादित लिची उदयपुरको गाईघाट, कटारी, सप्तरी, ओखलढुङ्गा र सोलुखुम्बूसम्म पुग्ने गरेको छ ।

रावाबेंसी गाउँपालिकाका स्थानीयवासीले कोसेलीका रुपमा काठमाडौँ, धरान, बिराटनगर लगायतका ठाउँमा समेत कुभिन्डे र खार्पामा उत्पादित लिची पुर्‍याउने गरेका छन् । कुभिन्डे र खार्पामा उत्पादित लिची गाउँकै स्थानीयले ठेगेर बजार पुर्‍याउने गरेका छन् ।

बोटमा कम्तिमा रु १२० मा १०० वटाका दरले ठेग्न पाइने लिची बजारमा पुर्‍याएपछि प्रतिगोटा कम्तिमा रु दुईमा बिक्री हुन्छ । एक जनाले एक पटकमा हजार दानाभन्दा बढी लिची बजार पुर्‍याउन सकिने कृषकले बताएका छन् ।

कुभिन्डेका अधिकांश लिची कृषक आफूले उत्पादन गरेको लिची आफैँले डोकोमा बोकेर बजार पुर्‍याउने गरेका छन् । आफैँले बोकेर बिक्री गर्दा ज्यालासमेत बच्ने भएकाले आफूले उत्पादन गरेको लिची आफैँ बोकेर बिक्री गर्ने गरिएको कुभिन्डेकी किसान रीता मगरले बताइन् ।

जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिची व्यवसायीले वर्षमा एक पटक राम्रो आम्दानी लिने गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार जेठ पहिलो सातादेखि नै कुभिन्डेमा उत्पादित लिची आउने गरेको छ ।

लिचीको उत्पादनलाई मध्यनजर गर्दै कुभिन्डेलाई लिचीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । ‘कुभिन्डेमा लिचीका लागि राम्रो ठाउँ छ’, उनले भने, ‘गाउँपालिकाले कुभिन्डेलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम अघि सारिएको छ ।’

पछिल्लो समय लिचीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको विजयखर्क, याम्खा, राजापानी, दोर्पाचिउरीडाँडा, नेर्पा, खाल्ले, डुम्रेधारापानी, लामीडाँडा, हलेसी लगायतका ठाउँमा पनि लिची खेती गरिएको छ । जिल्लाको सल्ले, अर्खौले, खाल्ले, डम्वर्खुशिवालय, मात्तिम, रतन्छा, बुइपा, इन्द्रेणीपोखरी, बतासे, दुवेकोल, छोरम्बु, डुम्रेधारापानी, च्यास्मिटार, डिकुवा लगायतका किसानले समेत लिची खेती गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस