७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पत्रकार आचारसंहिता’ संशोधनको तयारीमा

अ+ अ-

काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’ लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ ।

संशोधनका लागि काउन्सिलले सरोकारवाला सङ्घसंस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गर्नाका साथै रायसुझाव सङ्कलनको लागि पत्राचारसमेत गरेको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिए।

समयसापेक्ष संशोधन गर्नुपर्ने छुट विषय र सुझावहरू भए एक हप्तासम्ममा रायसुझाव दिन पत्रमार्फत् काउन्सिलले सम्बन्धीत सबै पक्षलाई आह्वान गरिएको छ । यो वर्ष काउन्सिलको स्वर्णजयन्ती वर्ष भएको अवसरमा संशोधित तथा परिमार्जित आचारसंहिता सार्वजनिक गर्नाका साथै प्रेस काउन्सिल एवं पत्रकारितासँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने तयारी गरिएको छ ।

२०७३ साल असोज ६ गते देखि लागू भएको ‘पत्रकार आचारसंहिता, २०७३’ मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्यअन्तर्गत पत्रकारले गर्नुपर्नेमा प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन, मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान, पेशागत मर्यादा तथा व्यवहार, सम्पादकीय स्वतन्त्रताको सम्मान र गोप्य स्रोतको संरक्षणलगायत १५ बुँदामा उल्लेख गरिएको छ ।

त्यसैगरी पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण र बीभत्स दृश्य र तस्वीर प्रकाशन वा प्रसारण गर्न नहुनेलगायत १५ बुँदामा उल्लेख गरिएको छ ।

स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सृजना गर्ने, प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, प्रेस र नेपाल सरकारबीच सौहाद्र्रपूर्ण सम्बन्ध कायम राख्ने र सार्वजनिक नैतिकता तथा नागरिकहरूको मर्यादा कायम राख्न लगाउने लगायत विभिन्न उद्देश्यले विसं २०२७ मा प्रेस काउन्सिल नेपालको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस