काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक पनि अवरुद्ध भएको छ । बिहान ११ बजे सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस र राजपा सांसदहरुले सिटबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’जस्ता नारा लगाए ।
बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।
विपक्षीले नाराबाजी नरोकेपछि सभामुख महराले बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।