१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँके निकुञ्जमा बाघको सङ्ख्या २१ पुग्यो

अ+ अ-

धम्बोझी । यस आर्थिक वर्षमा २०७६/७७ मा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो ।

वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताए ।

विसं २०६७ मा स्थापना भएको निकुञ्जमा पर्यटक स्वदेशी तथा विदेशी गरी गत आव २०७५/७६ मा १०० जनाले अवलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए ।

बाँके निकुञ्जमा वन्यजन्तुको चोरी शिकारी तथा अपराध अवैध व्यापारका ५४ वटा मुद्दा छन् ३७ वटा अदालतमा मुद्दा परेका छन् भने १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छन् । चोरी शिकारी गरेको आरोपमा ३३८ जना पक्राउ परेको उनले बताए।

गत आव २०७५/७६ मा ३४ वटा मुद्दामध्ये १४ वटा मुद्दा जिल्ला अदालतमा र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् । वन कार्यालयबाट १२७ जना पक्राउ परेका छन् । अधिकांश मुद्दा सुकुटीको व्यापार र जडीबुटीको व्यापार भएको कर्णाली प्रदेशको प्रवेशद्वारा हुम्लाबाट अवैधरुपमा व्यापार वन्यजन्तुको सुरक्षाको लागि संरक्षण चिन्ता बढेको सहायक संरक्षण अधिकृत थपलियाले बताए ।

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५/७६ मा वन्यजन्तु सडक दुर्घटनामा ७२ वटा मारेका थिए भने अघिल्लो आव २०७४/७५ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थपलियाले बताए । पूर्व–पश्चिम राजमार्गको ७२ किलोमिटर क्षेत्र बाँके राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने रत्न राजमार्गमा ३० किलोमिटर निकुञ्जको क्षेत्रफल जोडिएको छ ।

वन्यजन्तु संरक्षण गर्ने क्रममा निकुञ्जले आव २०७४/७५ मा ११ वटा र गत आव २०७५/७६ मा ४३१ वटा वन्यजन्तुको उद्धार गरेको छ ।

आव २०७४/७५ मा निकुञ्जका वन्यजन्तुबाट क्षति भएका ३०५ घरधुरीमध्ये रु १४ लाख २८ हजार ७२ पीडितलाई राहत वितरण गरेको निकुञ्जले जनाएको छ भने गत आवमा ४१८ घरधुरीका परिवारलाई रु ६० लाख ९३ हजार ४२ राहत वितरण गरेको थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस