१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा रुपन्देहीमा कार्यविभाजन

अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको लामो समयपछि जिम्मेवारी बाँडफाँड टुङ्गिएपछि पार्टीका गतिविधिमा सक्रियता देखिन थालेको छ । प्रदेश नं–५ का १२ जिल्लामा जिम्मेवारी तोकिने क्रमसँगै सक्रियता बढेका छन् ।

नेकपा रुपन्देहीको दोस्रो पूर्ण बैठकले आज जिल्लाका विभाग गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँड तथा कार्यविभाजन सर्वसम्मत रुपमा गरेको छ । बैठकले जिल्लामा विभिन्न विभागको जिम्मेवारीमा स्कुल विभाग प्रमुखमा पार्टी जिल्ला अध्यक्ष शिवराज सुवेदी, सङ्गठन र प्रशासन तथा राजकीय मामिला विभागमा जिल्ला प्रमुख सचिव नारायण जिसी रहेका छन् ।

यस्तै कोष तथा आर्थिक व्यवस्थापन र उद्योग व्यवसाय विभाग प्रमुख गोपाल राना, अर्थ तथा योजना विभाग प्रमुख मीनप्रसाद पौडेल, प्रचार विभाग प्रमुख मोहन चापागाईं, सहकारी विभाग प्रमुख ऋषि सापकोटा, स्थानीय तह विभाग प्रमुख चित्रबहादुर कार्कीलाई जिम्मेवारी तोकेको प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

यस्तै कानून विभागमा खुमाकान्त पौडेल, सामाजिक सेवा विभागमा खेमप्रसाद लुइँटेल, शिक्षा तथा मानवस्रोत विभागमा युवराज घिमिरे, कृषि तथा भूमिसुधार विभागमा अयोध्या थारु र वन तथा वातावरण विभागमा बेद गिरीलाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख चापागाईंले जानकारी दिए ।

यस्तै बैठकले जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं– १ मा यज्ञ गैरे, २ नं– मा तेजेन्द्र केसी, ३ नं मा हितराज पन्थी, ४ नं मा गुलाम अली र क्षेत्र नं–५ मा नरबहादुर थापालाई जिम्मेवारी तोकेको छ ।

बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज शङ्कर पोखरेलले पार्टी एकताको सन्देश र सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले गरेको जनपक्षीय कामलाई जनतामाझ पुर्‍याउन पार्टी कमिटी सक्रियताका साथ लाग्न निर्देशन दिए ।

यस्तै पार्टी प्रदेश अध्यक्ष ओनसरी घर्तीले पार्टी एकता एउटा महत्वपूर्ण उपलब्धि भएकाले एकताको जगलाई अझै बलियो बनाउन पार्टी नेतृत्वको निर्णयलाई पालना गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज लीला गिरी, प्रदेश सचिव जोगप्रसाद शर्मा लगायतले पार्टी एकताको सन्देश आम जनतासम्म पुर्‍याउन जिम्मेवारी पूर्वक लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस