१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदरले सताएपछि व्यावसायिक बेसार खेती शुरु

अ+ अ-

बेझाड । पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो ।

गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवर्द्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ । मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाडेकी शान्ति विकले अहिले साढे दुई रोपनी क्षेत्रफलमा बेसार लगाउन शुरु गरेकी छन् । बाँझिएका सबै जमीनमा बेसार लगाएर ढाक्ने उनको योजना छ ।

‘बाँदरले खाला भन्ने पिरलो भएन, खेती लगाउन वडा कार्यालयले सहयोग गरेको छ, बजारमा सहजैसँग बिक्री भइहाल्छ, बेसार लगाएपछि जग्गा सदुपयोगमा आयो भने अर्कोतर्फ आम्दानी पनि हुनेभयो’, उनले भनिन् । वडाले आव ०७५/०७६ को रु तीन लाख बजेटबाट ३५ क्विण्टल बेसारको बीउ कृषकलाई उपलब्ध गराएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए ।

‘बारीबाटै मकै, गहुँ, केराउ, चनालगायतका अन्नबाली बाँदरले खाएर नष्ट पारेको गुनासो आएपछि विकल्पका रुपमा कार्यालयले जग्गा बाँझो नराख्न र कृषकले आम्दानी लिन सकिने गरी बेसार खेतीका लागि सहयोग गरेका छौँ’, उनले भने । बजारको व्यवस्थापन पनि वडा कार्यालयले गरिदिने उनको भनाइ छ ।

बाँदरले घरबारी नछाडेपछि अन्नबाली लगाउन छाडेर बेसार खेती शुरु गरेको सावित्रा पङ्गेनी बताउछिन् । मकैको तुलनामा दोब्बरतेब्बर आम्दानी लिने गरी व्यावसायिक रुपमा बेसार खेती शुरु गर्न थालेको उनको भनाइ छ । मलेङ्ग, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज टोलमा अन्नबाली बाँदरले खाएर नष्ट पारेपछि खेती लगाउन छाडेका जमीन अहिले बेसारले हराभरा बनेका छन् ।

परीक्षणका रुपमा लगाइएको बेसार खेती राम्रो हुँदै गएको र अर्को वर्ष थप व्यवस्थित तरिकाबाट खेती गर्न कृषकलाई सहयोग गरिने वडासचिव गीता पौडेलले बताइन् ।

बेसार खेती लगाउन वडा नं ७ को कार्यालयले सहयोग गरेपछि गाउँ छाडेर बेँसी झरेका कृषक पनि पहिले खेती गर्दै आएका जग्गामा बेसार लगाउन थालेका छन् । बारीमा लगाएका अन्नबाली, फलफूल, घरमा राखिएका अनाज खाएर नष्ट पारेपछि कतिपयले बस्ती नै छाडेर तल्लो क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन् ।

बारीका पाटाभरि मकै लगाएर राम्रै आम्दानी गर्ने यदुनाथप्रसाद पङ्गेनीले बाँदरले सताएपछि पुरानो थाकथलो नै छाडेर खेतमा बसोबास गर्दै आएकी छन् ।

वडा कार्यालयले बेसार खेतीका लागि बीउ सहयोग गरेपछि करीब दुई रोपनी क्षेत्रफलमा उनले बेसार लगाएकी छन् । अर्को वर्ष बाँझिन पुगेका पूरै जग्गाभरि नै बेसार लगाउने उनको सोच छ । रासस

प्रतिक्रिया दिनुहोस