९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक विकासको पक्षमा पर्यटन क्षेत्रको प्रमुख समस्या र अवसरहरु

अ+ अ-

विषय प्रवेशः
पर्यटन नेपालको मौलिक उद्योग हो । व्यापार, सभा सम्मेलन, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरि बस्ने” मान्छेलाई जनाउँछ। पर्यटन क्षेत्र आर्थिक विकासको प्रमुख पक्ष हो । पर्यटकीय पूर्वाधारहरुको विकास गरी पर्यटन प्रर्वद्धनको माध्यमद्वारा दिगो अर्थतन्त्रको आधारशीला तयार पार्न पर्यटन क्षेत्रको विकास र विस्तार गर्न नसक्नुका प्रमुख समस्याहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

पर्यटन क्षेत्रको प्रमुख समस्याहरुः
 पर्यटकीय गन्तव्यस्थल तथा सम्पदाको संरक्षण, सुरक्षा तथा पूर्वाधारको विकास नहुनु,
 स्थानीय उत्पादनसँग पर्यटन व्यवसायको सहकार्य हुन नसक्नु,
 विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पर्यटकीय गन्तव्य तथा पुरातात्विक सम्पदाको पुननिर्माण समयमा हुन नसक्नु,
 यातायात क्षेत्र भरपर्दो तथा अन्तर्राष्ट्रिय र अन्तरप्रादेशिक हवाई उडान प्रयाप्त मात्रामा हुन नसक्नु,
 पर्यटकका लागि न्यूनतम मापदण्डका होटल तथा रेष्टुरेन्टहरुको पर्याप्त मात्रामा नहुनु,
 पर्यटकीय क्रियाकलापमा विविधिकरण गर्न नसक्नु,
 विभिन्न पदमार्गमा सुरक्षाको प्रत्याभूती दिलाउन नसक्नु,
 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय सम्भावनाको प्रचार प्रसार हुन नसक्नु,
 पर्यटन क्षेत्रका साझेदारहरुसँग कुशल तथा प्रभावकारी समन्वय गरी पर्यटन पूर्वाधार विकासमा पर्याप्त लगानी वढाउन नसक्नु,
 आन्तरिक पर्यटक भित्र्याउने बजार नीति विकास गर्न नसक्नु,
 पर्यटन क्षेत्रमा गरिएको लगानीको सुनिश्चितता निजी क्षेत्रले प्राप्त गर्न नसक्नु,
 पर्यटकहरुको वैज्ञानीक र पूर्ण अभिलेख राख्न र पर्यटकीय स्थलहरुमा सूचना, सञ्चार तथा प्रविधीको विकास यथेष्ठ रुपमा गर्न नसक्नु,
 पर्यटन प्रवर्द्धन गर्न तीनै तहको सरकार वीच उचित तालमेल हुन नसक्नु,

माथि उल्लेखित समस्याहरु विद्यमान रहँदै गर्दा पनि पर्यटन क्षेत्र आर्थिक विकासको संवाहकको रुपमा निकै अवसर र संभावना रहेको क्षेत्र हो । यसका अवसर र संभावनाहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

पर्यटन क्षेत्रका अवसरहरुः
 राजनीतिक स्थिरता सँगै विद्यमान तीन तहका सरकारले पर्यटन क्षेत्रलाई समृद्धिको मुख्य सम्वाहकको रुपमा उच्च प्राथमिकतामा राख्नु,
 विदेशी मुद्रा आर्जन गरी वढ्दो व्यापार घाटालाई कम गर्न मद्दत पुग्नु,
 भरपर्दो सेवाजन्य उद्योगका रूपमा विगतको लामो समयदेखि पर्यटन क्षेत्रले छाप छोड्न सक्नु,
 कुल ग्राहस्थ उत्पादनमा विदेशी मुद्रा आर्जन र रोजगारीको सिर्जनाका हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य रहनु,
 भौगोलिक तथा जैविक विविधतामा विश्वमै धनी देशको रुपमा चिनिनु,
 निजी क्षेत्र र समुदायको पर्यटन क्षेत्रमा चासो र लगानी वृद्धि हुँदै जानु,
 पर्यटकीय आकर्षकको रुपमा रहेका पदमार्ग तथा गन्तव्यहरुको पुननिर्माण तथा विकासका कार्यहरु अगाडी वढ्नु,
 वढ्दो स्वदेशी लगानीका साथै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतापूर्ण रुपमा अगाडी वढाउनु,
 ग्रामीण पर्यटनलाई आय तथा रोजगारीका अवसरहरुसँग जोड्दै आर्थिक वृद्धि र विकास गरी गरिवी न्यूनीकरण गर्न आवश्यक नीति योजनाहरु क्रमशः अगाडी वढ्दै जानु,
 समूहगत पर्यटक प्रवाह वृद्धि गर्नका लागि मुख्य पर्यटकीय केन्द्रहरुको प्रचार प्रसार वृद्धि मार्फत समृद्धिको आधार तयार गर्नु,

अन्तमा,
नेपाल भ्रमण वर्ष २०२० लाई सफल वनाउन संघ, प्रदेश र स्थानीय तहको समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ । दिगो पर्यटन विकासबाट उत्पादन र रोजगारीमा वृद्धि गरी अर्थतन्त्र सुदृढ गर्न पर्यटकीय पूर्वाधार विकास र लगानी वृद्धि गर्नका लागि दीर्घकालिन लक्ष्यका साथ अगाडी वढ्नु पर्दछ । शहरदेखि दूरदराजका बस्तीसम्म पर्यटन र पर्यटकीय वातावरण विस्तार हुन सकेमा पर्यटन उद्योगलाई आर्थिक सवलीकरण तथा रोजगारीको भरपर्दो व्यवसायको रूपमा विकास गर्न सकिन्छ । जसले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न कोशे ढुङ्गा सावित हुन सक्दछ ।

प्रतिक्रिया दिनुहोस