७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपान्तरणको पर्खाइमा चार ‘शाला’

अ+ अ-

साउनको तेश्रो हप्ता शुक्रवारको दिन कार्यालयको काम सकी घर फर्कने क्रममा बबरमहलस्थित स्टपबाट नेपाल यातायात चढेर थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, बल्खु, सानेपा हुँदै एकान्तकुनासम्मको यात्रामा थिँए । यस्तो यात्रा कामै नपर्दा पनि कहिलेकाँही चक्रपथ चक्कर लाउने गरी पनि गर्ने गर्दछु । अहिलेको गतिविधि वुझ्न सहयोगी हुने यी यात्राहरु चिन्ता हैन चिन्तन सहितका हुने गर्दछन् । धन्य छ उक्त बसयात्रा जसले मथिंगललाई समेत घुमाउने केही विचारहरु मनमा सञ्चार गरिदिए । ती मध्ये एउटा विषयलाई यो लेखमा उठाउन खोजेको छु आशा छ पाठकको उत्सुकतालाई मेटाउने झिनो प्रयास सफल हुनेछ ।

नेपालको विकासको लागि के कस्ता शालाहरु जिम्मेवार छन् ? कुन कुन शाला कुन अर्थमा साधक छन् र कुन कुन शाला कुन अर्थमा वाधक छन् ? भनेर मेरो मनले मन्थन गर्ने पहल गर्यो । सान्दर्भिक शालाहरुको मनमनै संकलन गरेँ, घरमा पुगेर बृहत नेपाली शव्दकोष नियाँले अनि कुन कुनका बारेमा लेखुँ भनेर घोत्लिएँ । हुनत मैले शालाहरुको लामै सूचि बनाउन सक्थेँ होला तर जम्माजम्मी ८ वटा भन्दा माथि जान मन लागेन । ती थिए पाठशाला, प्रयोगशाला, रंगशाला, कार्यशाला, धर्मशाला, वधशाला, मधुशाला र वेधशाला । यी मध्ये आधुनिक वधशाला बनाउन सके राम्रो हुने र अन्तरिक्ष अध्ययन सम्वन्धी वेधशालाको कुरालाई उचित स्थान दिनुपर्ने मनन गर्दै लेखन सूचिबाट हटाउन चाहेँ । हामी हरेक टोल वा गाउँमा मन्दिर भएको देशका बासिन्दा हौँ । सवैजसो धार्मिक स्थलमा धर्मशालाको पनि व्यवस्था देखिन्छ भलै ती व्यवस्थित नहून्, अनैतिक क्रियाकलाप गर्ने त वाहिरबाट जाने मनुवा नै हुन् ती धर्मशालाको के दोष ? यति चिन्तन गरेर धर्मशालासम्वन्धी लेखनलाई थाती राखेँ । प्रयोगशाला पनि वढीजसो विज्ञानमा प्रयोग हुने सुनेको छु तसर्थ नेपालमा पनि विज्ञान तथा प्रविधिको प्रयोग बढाउनुपर्ने खोज अनुसन्धानलाई संस्थागत गर्नुपर्ने खाँचो महसूस भयो । साथै नेपाललाई विचार वा राजनीतिको अनि व्यवस्थाको प्रयोगशालामा सीमित नराखे हुन्थ्यो मात्र भन्न मन लाग्यो फलस्वरुप प्रयोगशाला सम्वन्धमा घोत्लन मन लागेन । अनि मेरो लेखाईलाई पाठशाला, कार्यशाला, रंगशाला र मधुशालामा खुम्च्याउन खोजेँ । यी चार पक्षको उचित विकास र प्रयोगमात्र गर्न सके पनि नेपालको विकासले गति लिने मेरो ठहर थियो । लेख्न वसिरहँदा म मधुशालाको ग्राहकभन्दा कम मात्तिएको थिइन तर लेख्दैजाँदा उत्साहको वेग घट्दै गयो मानौ कि पाठशालाको परीक्षा दिएर रिजल्ट हुने दिन विलखवन्द पर्दै कुरिरहेको परीक्षार्थी जस्तो बनेर लेखिरहेँ नतिजाको अन्दाज छैन । यानेकि मलाई शंका थियो कि कतै मैले पाठकहरुको बहुमुल्य समय बहुलठ्ठी विषयमा त खर्च गराइन भनेर । एउटा कुरा भने मलाई छाप परिसकेको थियो कि पाठशाला, कार्यशाला, रंगशाला र मधुशाला गरी चार वटा शालामा ठूलै रुपान्तरण नगरी मेरो मुलुक बन्दैन । यहि सेरोफेरोमा चर्चा अगाडी वढ्नेछ ।

‘शाला’ को शाव्दिक अर्थ बस्ने वा काम गर्ने ठाउँ हुन्छ । यस्तो ठाउँ, बास, घर, कुटी, कोठो आदि जुनसुकै रुपमा हुन्छ । अव यसमा भवन, महल, मल, प्लाजा, रिसोर्ट, एपार्टमेन्ट लगायतका संरचनाहरु पनि यसमा पर्न सक्ने देखियो समयक्रमसँगै । घुम्ती पाठशाला, भिडियो कन्फ्रेन्सिङमार्फत हुने कार्यशाला पनि यसमा समेटिने भैहाल्यो । जे होस् उचित सुधारसहित यी शालाहरु हाम्रो समाजलाई सुधार गर्नका लागि जिम्मेवार बन्नुपर्दछ । अनि सञ्चालकहरुले र सरोकारवालाहरुले पनि सुदृढ खालका शालाहरुको पक्षमा मिहेनत गर्नुपर्ने र इमान्दारिता प्रदर्शन गर्नुपर्ने देखिन्छ । यहाँ समाज सुधारको लागि विशेष अर्थ राख्ने तिनै चार शालाको सन्दर्भमा संक्षिप्त चिनारी समेटिएको छ:

शाला नं १ : पाठशाला (विद्यार्थी वा छात्रछात्राहरुलाई शिक्षा दिइने वा पढाइने घर, विद्यालय, स्कूल)
पाठशाला यस्तो स्थान हो जहाँ हामीलाई असल व्यक्ति, नागरिक र अगुवा वन्न सिकाइन्छ, सिकाइनुपर्दछ । स्कूलदेखि कलेजसम्मका पाठशालाहरुको साझा विषय भनेको यो त्यस्तो ठाउँ हो जहाँ हाम्रो समाज, हाम्रो अर्थतन्त्र, हाम्रो कर्तव्य र हाम्रो आनीबानी सम्वन्धमा पनि सिकाइनुपर्दछ र परिणामस्वरुप काम लाग्ने खालको संस्कृति र क्षमतासहितको व्यक्ति समाजमा फर्कनुपर्दछ। तर यस्तो शाला नै सफा छैन, पानी चुहिने छाना छ, कपडा च्यात्ने खालको डेस्कवेन्च छ भने घर देखि टाढा पठाएर असल वा ठूलो/ठूली मान्छे बन्ने अभिलाषा कसरी पूरा होला ? विद्यार्थीलाई अनुशासन सिकाउने शिक्षक नै आफु समयपालन गर्दैन मनपरि खान्छ वा मनपरि बोल्छ भने विद्यालयप्रतिको विश्वसनियता के होला ? गुणस्तरीय शिक्षाका लागि स्थानविशेषको जनसंख्या एवं सिकाइको माग अनुसार विद्यालयको किसिम र संख्या तोक्ने ताकत स्थानीय सरकारले राख्नुपर्दछ र यसको लागि विधि वा कानूनको नमूना बनाएर संघीय र प्रदेश तहले सहजीकरण गर्नुपर्दछ । त्यस्तै उच्चशिक्षा दिने पाठशालाहरुमा नियमित पठनपाठन जरुरी छ न कि राजनीतिक थलो बनाई अस्थिर बनाउने र रणभूमि बनाउने जस्तो कार्य । जीवनलाई अर्थपूर्ण बनाउन लागि केही कुरा सिक्ने स्थलका रुपमा पाठशाला कस्तो बन्दछ त्यस्तै हाम्रो भविष्य बन्नेछ । हामीकहाँ नमूना बनेर देखाएका राम्रा विद्यालयहरु पनि नभएका होइनन् । जसले मेहनत गरे राम्रो गरे । ती विद्यालय निजी वा सरकारी जुन कित्ताका भए पनि अरुलाई उदाहरण बने । अरुले सिकेनन् सुधार गर्न सकेनन् त त्यो नसिक्ने कै कमजोरी भयो । यदि सुदुर भविषयसम्म पनि स्थिति कमजोर बन्दै जान्छ भने त्यस्ता विद्यालय वरपरको तुलनात्मक रुपमा राम्रा विद्यालयसँग गाभ्नु नै सुधारको वाटो हुन सक्छ । विद्यालय वा पाठशाला सुधारका लागि सापेक्षिक उपाय हुन्छन् अर्थात स्थानविशेष वा पाठशाला विशेषका कमजोरी र अवसर केलाएर सुधारका उपाय अवलम्वन हुनु जरुरी छ । स्थिर सरकार भएको अवधिमा पनि पाठशाला सुध्रेनन् भने हाम्रो ध्यान नवीनतम चिन्तन गर्न सिकाउने शिक्षामा हैन कि टापटुपे शिक्षामा अल्झेको आरोप नयाँ पुस्ताले लगाउनेछ र जवाफ दिनको लागि हामीसँग चित्तवुझ्दो जवाफ हुनेछैन ।

शाला नं २ : कार्यशाला (यन्त्र आदिको मर्मत, निर्माण, प्रयोग आदि गर्ने कारखाना, ज्यासल, काम गर्ने ठाउँ)
उत्पादन गर्ने स्थान रोजाइमा परे पो कार्यशालाहरु एवं श्रमशालाहरु देख्न पाइन्छ अनि नयाँ नयाँ उत्पादन गर्ने तिनका प्रयोग सिकाउने वा मर्मत गर्ने कामले स्थान पाउँछ अनि रोजगारी दिन्छ । हामीकहाँ त उत्पादनका कामलाई दु:ख गर्ने ठाउँ मानिएको छ । उद्योगी वा उद्यमीहरुलाई प्रोत्साहन कम छ । बरु कुरा गरेर खाने पेपर प्रस्तुत गर्ने काम बढी हुन्छ । यस्ता नाम मात्रका कार्यशालामा के गर्नुपर्दछ भन्ने सिकाइन्छ न कि कसरी गर्ने ? कहाँ कुन वस्तुको संभावना छ भन्ने कुरा कमै चिन्तन गरिन्छ । अर्थात कार्यशाला गोष्ठी हामीकहाँ ज्यादा प्रयोगमा छ । कार्यशाला गोष्ठीमा केही पनि काम लाग्ने विषय हुँदैन भन्ने पनि होइन । कुनै संगठनको व्यवस्थापन गर्न र सिकाई आदानप्रदान वा अद्यावधिक गर्ने अवसर यसमा मिल्दछ र मिल्नुपर्दछ । अव हामीकहाँ बढीभन्दा बढी यन्त्रशाला अनि कार्यशालाको खाँचो छ । कहिलेकाँही कार्यशाला गोष्ठी पनि चाहिन्छ । मान्यता लिनु के पर्यो भने कार्यशालाले के कस्तो सिर्जनात्मक सिकाई संभव तुल्याउँदछ र को को सहभागी हुँदा उपयुक्त हुन्छ भन्ने प्रष्टता ल्याउनुपर्दछ । अर्को शव्दमा भन्नुपर्दा सिर्जनात्मक कामहरुमा उत्रेपछि त्यसबाट आएका अनुभवहरु र भोगाईसमेतका आधारमा कार्यशाला गोष्ठीहरुमा चर्चा परिचर्चा सम्वादहरु हुनुपर्दछ । विगतका कमजोरीहरुलाई सच्याउँदै अवका कार्यशालाहरुमा उत्पादन र उत्पादकत्व वढाउने उपायहरुको वारेमा समेत चिन्तन भएमा श्रेयस्कर हुन्छ ।

शाला नं ३: रंगशाला (नाटक, नाचगान, खेलकूद आदि कार्यको प्रदर्शन गरिने ठाँउ)
रंगशाला त्यस्तो पूर्वाधार हो जहाँ हामीलाई शारिरीक रुपमा मात्र हैन मानसिक र मनोवैज्ञानिकरुपमा चुस्त र तन्दुरुस्त वन्ने वातावरण उपलव्ध हुन्छ र हुनुपर्दछ । यस्तो संरचना आकार हेरी समुदाय तहमा, वडा तहमा र स्थानीय तहमा वन्न
सक्दछ । राष्ट्रिय वा अन्तराष्ट्रिय स्तरका रंगशालाहरु बनाउँदा सवै पक्ष र तहको सकरात्मक सहयोग आवश्यक पर्दछ । खेल पर्यटनका माध्यमबाट समृद्धिलाई सहयोग गर्ने विषय टाढाको विषय होला तर साना ठूला रंगशालाहरु निर्माण गरी रुल अफ गेम एण्ड टिम स्प्रिट प्रवर्द्धन गर्न युवापंङतीलाई प्रोत्साहित गर्नुपर्दछ । यतिवेला भरतपुरमा निर्माण तयारीको क्रममा रहेको गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण केही समय कारणवश स्थगित भएर पुन: प्रारम्भ भएको प्रशंगलाई दृष्टिगत गरी सन्दर्भलाई जोडिरहेको छु । यसो गरिरहँदा नेपालका जुन जुन स्थानमा रंगशाला वनाउन प्रारम्भ गरी अलपत्र अवस्थामा रहेका खेल पूर्वाधारहरुलाई पनि सम्झेको छु । ठूला खेल पूर्वाधारका लागि स्थानीय सरकारले मात्र हैन प्रदेश सरकार, संघीय सरकार मात्र पनि हैन निजी क्षेत्र तथा नागरिक समाज पनि उत्तिकै चासोका साथ अग्रसर हुनु जरुरी छ । कसैले सकिनसकी सहयोग गर्ने तर अरुले भने टिकाटिप्पणी मात्र गरिरहने नेपाली संस्कारमा परिवर्तन गरी सबैले आआफ्नो वर्गत अनुसार रंगशाला निर्माणका लागि योगदान गर्नु आवश्यक छ । रंगशालाहरु स्थानको उपलव्धता अनुसार हरेक स्थानीय तहमा अनि सानासाना खेलकूद पूर्वाधार सवै वडा तहमा हुनु उपयुक्त हुन्छ ।

शाला नं ४: मधुशाला (जाँड रक्शी आदि मादक पदार्थ बनाउने, बेच्ने वा खाने ठाउँ)
मधुशालाहरुको उचित नियन्त्रण तथा मधुरस प्रयोगमा सावधानी हुँदा मात्रै पनि धेरै अपराध कम हुने अनि धेरै स्वास्थ्य समस्या हराएर जाने हुँदा मानवीय हितका लागि मधुशालाहरुको छरपष्ट उपस्थिति उपयुक्त नभएको मेरो ठहर छ । विदेश निर्यात गर्ने भए एउटा कुरा उल्टै करौडोको माल विदेशबाट ल्याई सेवन गर्नु देशको समृद्धिका लागि कुनै पनि हिसावले उचित छैन । यो विषय निर्वाचित पदाधिकारीहरु एवं अर्थतन्त्रका अग्रजहरु र सामाजिक परिवर्तनका अगुवाहरुले पनि चिन्तन गर्नुपर्ने पो हो कि ? एकैपटक प्रयोग शुन्यमा झार्न सांस्कृतिक हिसावले र जनजिविकाको कोणबाट पनि नमिल्ला तर वि सं २०५२/५३ तिरैबाट जाँडरक्शी उत्पादन र सेवन विरुद्ध उर्लेको आमा समूहको आन्दोलन किन सेलायो ? स्थानीय तहहरुले आफ्नो कार्यक्षेत्रमा मदिराको उत्पादन, वेचविखन र सेवनलाई व्यवस्थित गर्ने पहल पो गर्ने हो कि ? मदिरा सेवनका लागि गाउँपालिकाबाट जारी परिचयपत्र आवश्यक पर्ने भनेर बाजुराको एउटा गाउँपालिकाले गरेको निर्णयले पनि यतातिरै संकेत गरेको छ ।

हामीलाई विगार्ने, समय तथा स्वास्थ्य नोक्शान गर्ने र समाजका युवामा खराव लत विकास गर्ने वातावरण मधुशालाले गरिरहेको छ । यसको दीर्घकालीन समाधान भनेको मधुशालाहरु बन्द गर्ने नै हो । तथापि तत्कालिन कार्यसूचिमा नियन्त्रित र व्यवस्थित उत्पादन एवं विक्रिवितरण हुनुपर्दछ । अलिकति उचाइ पुग्न पाएको हुँदैन जाँडरक्शीको गन्धले सुगन्धहरुलाई छोपिदिन्छ, बरु पानी नपाइएला तर रक्शी पाइन्छ । अन्न कुहाएर बन्ने यो तरल पेय पदार्थले दिने अल्पकालिन न्यानो र उत्तेजना हाम्रो दुध घ्युबाट हुँदैन र ? हुन्छ । कुरा के मात्रै हो भने दुध घ्युको लागि अन्न कुहाउनेभन्दा बढी मेहनत गर्नुपर्दछ पसिना वगाउनुपर्दछ । हामी नेपालीमा परिश्रम गर्ने बानी हराएर गएको छ, उद्यमी हैन व्यापारी बन्ने झुकाव छ । यो प्रवृत्तिमा परिवर्तन भएन भने हाम्रो समाज अनि हाम्रो अर्थतन्त्र पराधिन र क्षणिक आनन्द दिने खालकोमा सीमित रहनेछ, दिगो विकास र समृद्ध अर्थतन्त्र नारामा सीमित रहन्छ, रक्शिले छाडेको व्यक्तिमा हुने जस्तै निराशा हामीमा रहने जोखिम छ । यो भयाभह स्थितिको परिकल्पनाले मलाई थप घोत्लिन मन लागेन लेखनीलाई विश्राम दिन चाँहे ।

विश्राम विन्दु
यो लेखको विश्रामले माथि उल्लेखित चार शालाहरुमा सुधारको अभियानमा निरन्तरता र थप गतिशिलताको माग गर्दछ । बास्तवमा यो लेखकले उल्लेखित चार शालाको चर्चा गर्ने विचार पैदा गरेको दृश्य भने काठमाण्डौ कुलेश्वरस्थित ‘मधुशाला’ लेखिएको वोर्डवाहेक अरु थिएन । हाम्रो गाउँ समाज शहर बजार जहाँ सुकै अति उपभोग भएको तर व्यक्तिको शारिरीक वा मानसिक स्वास्थ्यको लागि हानीकारक मादक पिउने पदार्थउपरको मेरो विरोध वा आक्रोसको कारण उक्त पसलको नामले मलाई सोच्न वा गम्न वाध्य गराएकोहोला । अन्य शालाहरु आफैमा नकरात्मक लागेनन् । प्रयोग गर्दा वा अपनाउँदा हामीले के कस्तो बनायौँ त्यो कमजोरी हाम्रो आफ्नो हो र सच्चिनका लागि हामी नै तयार हुन जरुरी छ । आउने दिनहरुमा उल्लेखित चार शालाहरुको प्रयोग समाज बनाउन र देशवासीको भविष्य उजिल्याउनका लागि प्रयोग हुनेछ भन्ने आशा र भरोसाका साथ । अस्तु ।

प्रतिक्रिया दिनुहोस