१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो

अ+ अ-

भोजपुर । ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो ।

क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिए । षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ । प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २२५ क्लिप हटाएको हो ।

कृषकबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ । चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन् । रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धविच्छेदका ९९ मुद्दा, पुरुषका तर्फबाट ३६

भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र ९९ मुद्दा दर्ता भएका छन् ।

छत्तीस मुद्दा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै ३६ पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् । भदौ १ गतेदेखि लागू भएका पाँच नयाँ कानूनमध्ये मुलुकी देवानी कार्यविधि ९संहिता० ऐन, २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन् ।

कार्यालयका अनुसार वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिना, सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसालगायतका कारण सम्बन्धविच्छेद घटना बढ्दै गएको हो । विगत दुई आर्थिक वर्षको तथ्याङ्कअनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतको भनाइ छ । गत आर्थिक वर्षमा परेका ९९ मुद्दामध्ये ८३ मुद्दा फछ्र्योट भएका छन् भने १६ मुद्दा बाँकी रहेको जिल्ला अदालतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस