१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सांसदको माग

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।

संघीय संसद्, प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु प्रमोद शाह, बालकृष्ण खाँड, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, ध्रुवकुमार शाही, पदमनारायण चौधरी, दुलारीदेवी खत्वोनि, पूर्णकुमारी सुवेदी, पार्वता डिसी चौधरी, देवेन्द्र पौडेल, प्रमिला राईलगायतले बाढीपहिरोका कारण जनता घरवारविहीन हुँदासमेत सरकारको ध्यानाकर्षण हुन नसकेको बताए ।

सांसद टेकबहादुर बस्नेतले अधुरा आयोजनाबारे सरकार कसरी अगाडि बढिरहेको छ रु बोलपत्र कसरी गरिएको छ रु भन्ने प्रश्न गरे । सांसद डिला सङ्ग्रौलाले विराटनगर जुट मिलमा भएको भ्रष्टाचारबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे । सांसद दिलेन्द्रप्रसाद बडूले सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद दीपकप्रसाद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा पनि नाका खुल्न सकेको छैन, सरकारले त्यस बारेमा पलल गरोस् भने । सांसद देवप्रसाद गुरुङले बाढीपहिरोका कारण भएको क्षतिपूर्तिबारे सरकारको ध्यानाकर्षण गराए । सांसद नरमाया ढकालले राष्ट्रिय महिला आयोगमा जतिसक्दो चाँडो पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गरे ।

सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिग्राम पुडासैनीको मृत्युबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे । सांसद पदम गिरीले पोखरा–बाग्लुङ सडकखण्ड निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वताकुमारी विसङ्खेले दैलेखकी लक्ष्मी सुनारलाई पानी छोएको निहुँमा कुटपिट गरिएको भन्दै दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे । सांसद पुष्पा भुषालले सत्ताको आडमा सरकारी जग्गा कब्जा गर्ने क्रम बढ्दै गएको आरोप लगाइन् । रासस

प्रतिक्रिया दिनुहोस