८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा (संयुक्त) को केन्द्रीय समितिको बैठक भदौमा

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौ १० गते काठमाडौँमा हुने भएको छ ।

बैठकमा राजनीतिक, आर्थिक प्रतिवेदनका साथै भावी कार्यदिशाकाबारे छलफल गरिने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

आगामी दिनमा ७५३ स्थानीय तहमा सङ्गठनलाई कसरी प्रभावकारी बनाउन साधारणदेखि सक्रिय सदस्यलाई आवश्यक प्रशिक्षण सञ्चालन गर्ने पार्टीले जनाएको छ ।

पार्टीले समान विचार भएका अन्य पार्टीसँगको एकीकरणका साथै देशभर सङ्गठन सुदृढ बनाउने विषयलाई पनि बैठकमा छलफल हुने बताइएको छ ।

यसैबीच कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस वर्षलाई सङ्गठन निर्माण वर्ष घोषणा गरेका कारण आगामी भदौ महीनामा ७७ जिल्लामा सैद्धान्तिक, वैचारिक विषयसँगै सङ्गठन निर्माण, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिका विषयमा ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीको प्रशिक्षण विभागले केन्द्रीय नेतालाई प्रशिक्षण उपलब्ध गराएपछि उनीहरुले स्थानीय तहका नेता तथा सङ्गठनका प्रतिनिधिलाई तालीम दिएर कार्यकर्तालाई स्थानीय पूर्वाधार विकास निर्माणका समस्या समाधानमा जनताप्रति थप जिम्मेवार बनाउने लक्ष्य राखेर विभिन्न राजनीतिक गतिविधि गर्न लागेको नेता देवेन्द्र प्रधानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस