काठडौँ । नेपाली सेनाका मेजर लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
लागू औषध नियन्त्रण व्यूरो शाखा बिराटनगरबाट प्राप्त जानकारी अनुशार सेनाका मेजर अजित प्रताप सिंहसहित अर्का एकजनालाई पक्राउ गरिएको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका दुवैजनालाई सुनसरी प्रहरीको जिम्मा लगाइएको ब्युरो स्रोतले प्रशासनलाई बताएको छ ।
पक्राउ परेका व्यक्ति ब्राउन सुगर सेवन कर्ता हुन् वा अन्य प्रयोजनका लागि बोकेका हुन् भन्ने बारे थप अनुसन्धान अगाडी बढाएको अधिकारीले बताएका छन् ।