काठमाडौँ । ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका सेनानी (मेजर) अजित प्रताप सिंह लागू औषध प्रयोगकर्तासँगै कारोबारीसमेत भएको खुलेको छ ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिवार साँझ पक्राउ गरेका मेजर सिंह सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत रहेको बुझिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मेजर सिंह आफै सेवन कर्ता पनि भएको र विक्री वितरण पनि गर्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले प्रशासनलाई जानकारी गराए ।
पक्राउ परेका सिंहको साथबाट डेढ ग्राम तौलका ब्राउन सुगरका पोका भेटिएको थियो ।
इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलकाअनुसार मेजर सिंह विरुद्ध लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत, सुनसरीमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।
लागू औषधसहित पक्राउ परेका सिंहको हकमा सैनिक ऐन र अदालत दुवै तर्फबाट कारबाही अगाडी बढाउन सकिने प्रावधान छ ।
र यो पनि ,