९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनमा नगरपालिकाको फोहर

अ+ अ-

सुरुङ्गा । झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहर बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ । मेची नगरपालिकाले निन्दा खोलाको किनारमा वर्षौंदेखि फोहर फाल्दै आएको छ भने बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले संयुक्तरुपमा डम्पिङसाइड निर्माण गर्ने बताए पनि हालसम्म जग्गा नभेटेको भन्दै बाटो किनारमा, खोला तथा सामुदायिक वनमा लगेर फोहर फाल्ने गरेका छन् । दमक नगरपालिकाले पनि स्थानीय हम्से दम्से सामुदायिक वनमा फोहर फाल्ने गरेको छ ।

यता बाह्रदशी गाउँपालिकाले आफ्नो छुट्टै डम्पिङ साइट बनाउनको सट्टा बिर्तामोडको फोहर बाह्रदशीको सार्वजनिक जमीनमा फाल्न अनुमति दिएको पाइएको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बिर्तामोडस्थित बिएण्डसी अस्पतालको फोहर आफ्नो गाउँपालिकाभित्र रहेको सार्वजनिक जमीनमा फाल्न अनुमति दिएका छन् ।

२०७० साल असार १० गते फोहरमैला व्यवस्थापन नियमावली २०७० नेपाल राजपत्रमा प्रकाशित भएसँगै नियमावली जारी भएको थियो । सोही नियमावलीअनुसार सबै स्थानीय तहले आफैँ फोहरमैला व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

नियमावलीको उपनियम ३ मा फोहरमैला पृथकीकरण तथा व्यवस्थापनको व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार उपनियम ३ को उपदफा १ मा स्थानीय निकायले ऐनको दफा ६ बमोजिम कम्तीमा जैविक र अजैविकलगायतका फोहरमैलालाई स्रोतमै छुट्याउने गरी तोक्दा हानिकारक वा रासायनिक फोहरमैलालाई छुट्टाछुट्टै पृथकीकरण तथा व्यवस्थापन गरी तोक्नुपर्नेछ भनिएको छ । यसरी तोकिएकोमा फोहरमैला उत्पादन गर्ने व्यक्ति, संस्था वा निकायले सोहीबमोजिमको पृथकीकरण गर्नुपर्नेछ भनिए पनि झापाका आठ नगरपालिका र सात गाउँपालिकाले पुरानैशैलीमा फोहर फालिरहेका छन् । जसका कारण झापाका अधिकांश शहरमा फोहरको थुप्रो देख्न सकिन्छ । स्थानीय तहले नै फोहरमैला व्यवस्थापनका लागि छुट्टै नियमावली बनाउनेपर्ने भए पनि उनीहरुले त्यसतर्फ ध्यान नदिँदा ठूला भनिएका सबै शहर दुर्गन्धित बन्दै गएका छन् ।

ऐनले व्यवस्था गरेअनुसार झापामा सञ्चालित कुनै पनि अस्पतालले समेत स्वास्थ्य संस्थाजन्य फोहरमैलाको व्यवस्थापनका लागि चासो दिएका छैनन् । कतिपय अस्पतालले आफ्नो अस्पताल परिसरमै फोहर जलाउने गरेका छन् भने कतिपय अस्पतालले खोला वा जङ्गलमा लगेर अस्पतालजन्य फोहर फाल्ने गरेका छन् । दमकमा रहेको लाइफलाइन, बिर्तामोडको मनमोहन, कनकाइजस्ता अस्पतालले फोहर अस्पताल परिसरमै जलाउने गरेका छन् । त्यस्तै सबैजसो क्लिनिक तथा अन्य स्वास्थ्य संस्थाले समेत स्वास्थ्य संस्थाबाट निस्किएको औषधिजन्य फोहर फाल्ने उपयुक्त स्थान सडक, जङ्गल र खोलालाई नै बनाएका छन् ।

अस्पतालजन्य फोहर निर्मलीकरण एवं प्रशोधन गरेर मात्र पुनः परीक्षण गर्दै व्यवस्थापन गर्नुपर्ने नियम छ तर, सबैजसो अस्पतालले फोहरमैला आफूखुशी फाल्दै आएका छन् । यसबाट मानव स्वास्थ्यमा गम्भीर असरपर्ने सरोकारवालाले बताएका छन् ।

नीति तथा कार्यक्रममा हरेक स्थानीय तहले आफ्नो गाउँ वा नगरको फोहर व्यवस्थापनका लागि पहल गर्ने उल्लेख गरे पनि कार्यान्वयन भने शून्य छ । झापामा दिनप्रतिदिन फोहरजन्य रोगको सङ्क्रमण बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए ।

उता भद्रपुर नगरपालिकाले वडा नम्बर ५ को मेची खोला किनारको मसानघाटमा फोहरमैला फाल्दै आएको छ । ल्याण्डफिल साइट खरीद गरेको झण्डै १५ वर्ष हुँदासमेत भद्रपुरले डम्पिङ साइड तयार गर्न सकेको छैन । नगरले खडिया खोला नजिकै कालिका टिस्टेट जाने सडकखण्ड छेउमा जमीन खरीद गरेको थियो । चन्द्रगढी एयरपोटका कारण नगरले सो स्थानमा डम्पिङ साइड बनाउन नसकेको बताइएको छ । सो जमीनलाई नगरले चिल्डे«न पार्क बनाउने योजना अघि सारेको छ । रासस

प्रतिक्रिया दिनुहोस