७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा सात हजार नयाँ मतदाता, अद्यावधिक कार्य सम्पन्न

अ+ अ-

बैतडी । आउँदो मङ्सिरमा हुने उपनिर्वाचनका लागि बैतडीमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घुम्ती शिविरमार्फत सङ्कलन गरिएको मतदाता नामावली सङ्कलन अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको हो ।

बैतडीमा यही साउन १६ गतेसम्म एक लाख ४३ हजार २४३ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए । वि.सं. २०७४ भदौ ४ गतेसम्म बैतडीमा एक लाख ३६ हजार २४२ को मतदाता नामावलीमा नाम दर्ता रहेको थियो । प्रतिनिधिसभाको निर्वाचनमा एक लाख ३२ हजार ३१९ ले मतदान गर्न पाउने अन्तिममा नामावली आएको थियो । मतदान गर्न नपाउने १६ वर्ष पूरा भई १८ वर्ष नपुगेका रहेका थिए । १८ वर्ष पूरा भएपछि मात्रै निर्वाचन मतदानमा सहभागी हुन पाउने व्यवस्था छ । त्यसपश्चात पुनः शुरु भएको मतदाता नामावली सङ्कलनमा बैतडीमा सात हजार एक जनाले आफ्नो नाम दर्ता गराएका छन् ।

सङ्कलन भएका मतदाता नामावली निर्वाचन आयोगमा पठाइसकिएको र भदौ दोस्रो हप्तामा मात्र वास्तविक नामावली आउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीका तीन वडामा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ । वडाध्यक्ष रिक्त रहेको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो । दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको बिरामी भई निधन भएको र पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतमप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

उपनिर्वाचनमा यही साउन १६ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता भएकाले मत हाल्न पाउने छन् । बैतडीसहित देशभर रिक्त रहेका विभिन्न ५१ पदका लागि आगामी मङ्सिरमा उपनिर्वाचन हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस