१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनको मूल्य प्रतितोला ५०० ले घट्यो

अ+ अ-

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ७० हजार ७०० कायम भएको छ । शनिबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु ८३० कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो ।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरीद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ ।

प्रतिक्रिया दिनुहोस