१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीको पिएच परीक्षण

अ+ अ-

भद्रपुर । झापामा उत्पादन हुने पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीको पिएचको मात्र परीक्षण गरेको छ । मङ्गलबार बिर्तामोडमा ‘पिउने पानीको गुणस्तर : अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको कार्यशालास्थलमै विभिन्न २० ब्राण्डका पानीको नमूना सङ्कलन गरी पानीको नमूनाको पिएच परीक्षण गरिएको हो ।

परीक्षणमा बिर्तामोडबाटै उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित माईधाम नामक पानीमा पिएचको मात्रा न्यून पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले बताए ।

उनका अनुसार स्वास्थ्यका दृष्टिकोणले उक्त पानी पिउन अयोग्य रहेको उनको भनाइ छ । पिएचको मात्राको दृष्टिकोणले पिउन सबैभन्दा उत्तम पानी सुनमाई झरना पाइएको थियो । बिर्तामोड खानेपानीसहित विभिन्न १८ ब्राण्डका पानी झापाबाट उत्पादित र अन्य दुई बाहिर उत्पादन भई झापाको बजारमा आउने पानीको समेत पिएच परीक्षण गरिएको हो ।

संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा उक्त परीक्षण गरिएको थियो । उपभोक्ता हित संरक्षणका लागि पिउने पानी गुणस्तरीय, स्वस्थ हुनुपर्ने यथार्थ आत्मसात गर्दै स्वस्थ र गुणस्तरीय पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

के हो पिएच ?

पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पिएच भनिन्छ । नेपाल गुणस्तरले छ देखि आठ दशमलव पाँच पिएचसम्मको पानीलाई पिउन योग्य भनेको छ । तर, अन्तर्राष्ट्रिय गुणस्तरले छ दशमलव पाँचदेखि आठ दशमलव पाँच पिएचसम्मको पानीलाई पिउनयोग्य मानेको छ । पानीमा सात पिएच सबैभन्दा उत्तम मानिन्छ । छ पिएचभन्दा तलको पानीलाई अम्लीय अर्थात् एसिडिक भनिन्छ ।

आठ दशमलव पाँच पिएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । नेपालमा उत्पादित धेरै पानीमा पिएचको मात्रा न्यूनतमभन्दा कम रहेको बताइन्छ । छ पिएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घरोग लाग्ने मेची बहुमुखी क्याम्पस रसाइन शास्त्रका उपप्राध्यापक जयनारायण मित्रुकाले बताए । रासस

प्रतिक्रिया दिनुहोस