११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ

अ+ अ-

धादिङ । झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सुकदेउ प्रजा र हीरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

वडा कार्यालयको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको थियो । वडाध्यक्ष अमरबहादुर गुरुङले आफू नभएको बेला वडा कर्मचारीले सिफारिश लेखिदिएको र सही गर्ने बेलामा शंका लागेर सोधपुछ गर्दा छिमेकीले समेत बुद्धि बहादुरको भाइ हो भनेकाले सिफारिश गरेको बताए ।

बुद्धिबहादुर प्रजासँग प्रहरीले झुक्याएर नागरिकता लिएका व्यक्तिको विवरण खुलाएको छैन । कीर्ते नागरिकता लिने व्यक्तिको परिचय खुलाउन नसकिएको प्रहरी उपरीक्षक बैदवारको भनाइ छ । पक्राउ परेकाहरुबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षहरुलाई अनुसन्धानको दायरामा ल्याइने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट झुक्याएर नागरिकता लिएको प्रमाणित भएमा बेनिघाटरोराङ गाउँपालिका–१० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता प्रमाणपत्र खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । रासस

प्रतिक्रिया दिनुहोस