काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो भावी कार्ययोजना सार्वजनिक गर्दै वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाएका छन्।
यसका लागि विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ।
भावी कार्ययोजन सार्वजनिक गर्ने क्रममा उनले पशुपतिनाथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् ।
पशुपति क्षेत्र ज्येष्ठ नागरिक मैत्री बनाउने, पशुपति क्षेत्रस्थित बाग्मती आरती लाइभदेखि मन्दिरमा नियमित प्रसाद वितरण, तथा शव दाह गृहमा मेसिन थप्नेसम्म योजना रहेको भट्टराईले बताए।