१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ पारित गरेको छ । यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि छलफल गरियोस् भनी राखेको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो ।

बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सदनमा उठेका आवश्यक विषयवस्तुलाई विधेयकमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘राष्ट्रिय परिचायपत्र बहुउपयोगी छ, विश्वका १५० भन्दाबढी देशले यस्ता परिचयपत्र लागू गरिसकेका छन्, राहदानी र नागरिकताबाहेक अन्य परिचयपत्र अब विस्थापित हुनेछ, वैयक्तिक गोपनीयतालाई सुरक्षित गर्ने पाटोमा आशङ्का गर्नुपर्ने अवस्था छैन ।’

यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राखेको प्रस्तावलाई बैठकले अनुमोदन गर्‍यो ।

यसअघि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरेको विधेयकलाई सभाले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ गते बिहीबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस