७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ यू–१५ च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

अ+ अ-

काठमाडौं । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५(पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ ।

भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।

त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारत र बङ्गलादेशबीच आजै हुँदैछ । भारत र बङ्गलादेशबीचको खेलमा कम्तीमा ४ गोलको अन्तरमा विजयी भएको खण्डमा मात्र बङ्गलादेश फाइनलमा पुग्नेछ । अन्यथा, नेपालले फाइनलमा आफ्नो यात्रा सुनिश्चित गर्नेछ । भारत भने तीन खेल जितेर यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

नेपालको जितमा कप्तान प्रदीप लम्सालले दुई गोल गरे । यस्तै असिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक गोल गरे । खेलको पाँचौँ मिनेटमा प्रदीपले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको नवौँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए ।

खेलको पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थप्यो । खेलको ४८ औँ मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । त्यसैगरी खेलको ७५औँ मिनेटमा असिमले गोल गरे भने खेलको ८५औँ मिनेटमा क्रिसले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुगमले एक गोल थप्दै नेपाललाई ६–० को सहज जित दिलाए ।

पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्का, बङ्गलादेश र भूटानलाई पराजित गर्न सफल भयो । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी छन् जसमा श्रीलङ्का र भूटान भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस