१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्न आग्रह

अ+ अ-

दाङ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीले नागरिकलाई न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्नु राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व रहेको बताएका छन् ।

अफिसर्स क्लबले आज बिहान गरेको बिदाई कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीको मुख्य काम राज्यले आफूलाई सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु रहेको बताए । थोरै बचेको समय व्यवस्थापन गरी सामाजिक काममा लगाउन सके आफूलाई नै समाजप्रतिको जिम्मेवारी अझै बढ्ने उनको भनाइ छ ।

सोही अवसरमा क्लबका संरक्षक तथा सरुवा भएर जान लागेका उच्च अदालतका न्यायाधीश रामबहादुर थापाले क्लबका माध्यमबाट सामाजिक गतिविधिलाई अगाडि बढाउन वार्षिकरुपमा क्यालेण्डर बनाउनुपर्ने बताए ।

सोही अवसरमा क्लबका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सरुवा नियमित प्रक्रिया रहेको र जहाँ गए पनि राष्ट्रसेवक कर्मचारीले नागरिकलाई छिटो छरितो प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा क्लबका संरक्षक तथा नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी सुशीलकुमार भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख गोपाल आचार्यलाई स्वागत गरिएको छ । क्लबका कार्यवाहक अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव लिला शर्मा र क्लबका सदस्य कमल घलेले गरेका हुन् ।रासस

प्रतिक्रिया दिनुहोस