११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक

अ+ अ-

लहान । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताएका छन् ।

प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आज एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तीकरण रहेकाले छोरा जस्तै छोरीहरुलाई पनि उच्च शिक्षा दिनुपर्ने बताए ।

अझै समाजमा छोरालाई पढाउने तर छोरीलाई काममा लगाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पुर्‍याउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गरे ।

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ‘ग्यारेन्टी’समेत गरेको बताउँदै उनले अब कुनै पनि बहानामा छोरीहरुमाथि भेदभाव हुन नदिने जिकिर गरे । उनले शैक्षिकरूपमा पछाडि रहेको प्रदेश २ लाई शिक्षित प्रदेशका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेकोले सो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा मुख्यमन्त्री राउतले उक्त विद्यालयमा अध्ययनरत १०३ जना छात्रालाई साइकल हस्तान्तरण गरे।

प्रतिक्रिया दिनुहोस