७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

अ+ अ-

विराटनगर । लामो समयदेखि अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत् प्रसारण लाइनको अवरोध हटाउन पहल थालिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो अवरोध हटाउन आज आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँग छलफल गरेका छन् । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गरेका हुन् ।

यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहल गर्ने बताए । ‘यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु’, मुख्यमन्त्री राईले भने, ‘समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ ।’

विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गरे । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक–दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताए । यसका लागि प्राविधिकसहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारिक रुपमा लिने मुख्यमन्त्री राईले बताए । ‘अब यो समस्याको अन्त्य हुन्छ’, मुख्यमन्त्री राईले भने, ‘विद्युत् झ्याप्पझ्याप्प आउनेजाने हुनु हुँदैन, यसका लागि विद्युत् प्राधिकरणले ध्यान दिओस् ।’

गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गरेका थिए । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगीव्यवसायीले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिएका हुन् । गत हिउँदमा पनि कोशी करिडोरको विद्युत् सम्बन्धको विवादमुख्मन्त्री राईले समाधान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस