७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश-२ : लोक सेवा आयोगका अध्यक्षले लिए शपथ

अ+ अ-

जनकपुरधाम । प्रदेश २ लोक सेवा आयोगका अध्यक्ष प्रा. डा. सुरेन्द्र प्रसाद यादवले शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार पद तथा गोपनियताको शपथ गराएका छन् ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले गत भदौ ५ गते डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरेको थियो ।

अध्यक्ष पदमा सिफारिस भएका यादव सिरहा जिल्ला निवासी हुन् । यादव सिरहाको सूर्यनारायण, सत्यनारायण मोडबैता यादव बहुमुखी क्याम्पसका सह-प्राध्यापक हुन् । त्यसैगरी मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झा नियुक्त गरिएको छ। झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो ।

मधेश भवनको कभर्ड हलमा आयोजित एक समारोहकाबीच लोक सेवा आयोगमा तीन साताअघि नियुक्त यादवलाई शपथ ग्रहण गराइएको हो ।

प्रदेश प्रमुख कायस्थले यादवलाई शपथ ग्रहण गराइरहँदा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका मन्त्री, प्रदेश सांसद, कर्मचारीसहितको उपस्थिति थियो ।

यसअघि नीति आयोगको उपाध्यक्षमा डा. हरिबंश झालाई नियुक्त गरिएको थियो । तर, डा. हरिबंश झा एक सार्वजनिक कार्यक्रममा प्रदेश सरकारको बिरोध गर्दै मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस