९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाको शपथ कार्यक्रममा नेता कार्यकर्ताबीच झडप

अ+ अ-

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ ।

महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।

अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ । असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको छ ।

प्रहरीले अध्यक्ष साहलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । प्रदेशका सचिव सुमनराज प्याकुर्‍या भने सभाभवनभित्रै बसेका छन् । बाहिर भइरहेको चर्को नाराबाजीलाई सचिव प्याकु¥यालले अराजक भीड बताएका छन् ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदण्ड नबनाई केही नेताले आफूखुशी बनाएका जिल्ला कमिटी मान्य नहुने असन्तुष्ट पक्षले बताउँदै आएका छन् । मापदण्ड निर्धारण गरेर मात्र पार्टी कमिटी समायोजन गर्नुपर्नेमा केही नेताले आफुखुशी नाम राखेपछि असन्तुष्टि बढेको प्रदेश कमिटी सदस्य महोत्तरी भटौलियाका बासिन्दा विजय कर्णले बताए ।

असन्तुष्ट पक्षले शपथ स्थगित गरी प्रदेश कमिटी सचिवालयले जिल्ला कमिटीमा समायोजन गरिनेहरुको आधार तयार गर्न मापदण्ड तय गर्नुपर्ने माग गरेका छन् । मापदण्ड तय नगरी बनाइएको जिल्ला कमिटीको शपथ हुन नदिने असन्तुष्ट पक्षको अडान छ ।

यता प्रदेश सचिव प्याकुर्‍यालले एकीकरणको क्रममा जिल्ला कमिटी समायोजन गरिदा केही तलमाथि परेको भए त्यसलाई सच्याउन पार्टी तयार रहेको स्पष्ट पार्नुभयो । तर, सभाभवनमा कुर्सी तोडेर वा जिम्मेवार नेतालाई गालीगलौज गरेर निकास आउँछ भन्ने ठान्नु गलत हुने उनको भनाइ छ ।

अब पार्टीको उपल्लो निकायको निर्देशनमा के गर्ने निर्णय गरिने सचिव प्याकुर्‍यालले बताए ।’दुवै अध्यक्ष र महासचिवसँग परामर्श गरिनेछ’, प्याकुर्‍यालले भने ‘जे निर्देशन हुन्छ, त्यहीँ गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस