१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धिको प्रमुख आधार ऊर्जा : मन्त्री पुन

अ+ अ-

काठमाडौं । सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानीका लागि वैदेशिक लगानीकर्तालाई आग्रह गरेको छ ।

संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा लगानीका लागि खुला हृदयसाथ आउन आग्रह गरे ।

उहाँले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै ५ हजार मेगावाट विद्युत् निर्यातका लागि छुट्याइएको समेत उल्लेख गरे ।

नेपालको कूल ऊर्जा खपतको ८० प्रतिशत ऊर्जा परम्परागत बायोमास तथा पेट्रोलियम पदार्थ जस्ता प्रणालीमा नै रहेको भन्दै उनले देशभित्रै पनि जलविद्युत् र नवीकरणीय ऊर्जा खपतका लागि प्रशस्त आधार रहेको बताए ।

उनले जलविद्युत् र नवीकरणीय ऊर्जा सात प्रतिशतमात्रै उपभोग भइरहेको भन्दै त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको प्रष्ट पारे। हालसम्म ८८ प्रतिशत जनसङ्ख्या ग्रिड र अफग्रिडका माध्यमबाट विद्युतीय पहुँचमा पुगेको र विद्युत्को प्रतिव्यक्ति उपभोग २४५ किलोवाट प्रतिघण्टा रहेको उल्लेख गर्दै मन्त्री पुनले भने, ‘हामीले प्रसारण र वितरण प्रणालीलाई बढाउँदै र विस्तार गर्दै लगेका छौँ ।’

उनले छिमेकी देशसँग पनि बजार पहुँचका लागि सहकार्य गरिरहेको जानकारी गराए । मन्त्री पुनले छिमेकी देश भारतसँग ऊर्जा व्यापार र प्रसारण प्रणाली अन्तर आबद्धता सम्झौता भएको र त्यस्तै प्रकृतिको सम्झौताका लागि चीन र बङ्गलादेशसँग सहमति भएको बताए ।

उनले ऊर्जा क्षेत्रमा अन्तरदेशीय विद्युत् व्यापारका लागि आधारभूत सहमतिमा पुगेको पनि उल्लेख गरे । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका (सार्क) देशसँग ऊर्जा सहयोग तथा आदानप्रदानका लागि ‘फ्रेमवर्क’मा सहमति जुटिसकेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच पनि ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा सहमति भइसकेको उनको भनाइ थियो ।

मन्त्री पुनले भने, ‘नेपाल उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् सहकार्यका लागि तयार छ । सोहीअनुसारको कामसमेत भइरहेको छ ।’ वर्तमान सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ सङ्कल्पलाई आत्मसात् गर्दै निश्चित समयभित्र विद्युत् उत्पादनमा कायापलट गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै उनले भने, ‘आगामी १० वर्षभित्र १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने र पाँच हजार मेगावाट छिमेकी देशलाई निर्यात गर्ने लक्ष्य राखेका छौँ ।’

ऊर्जा क्षेत्रमा सहकार्य, छिमेकीसँग प्रसारण तथा ग्रिडको सञ्जाल विस्तार जस्ता विषयलाई सरकारले प्रमुख प्राथमिकतामा राखी काम गरिरहेकोसमेत उनले उल्लेख गरे । उनले प्रतिव्यक्ति विद्युत् खपत दरलाई बढाएर एक हजार ५०० किलोवाट प्रतिघण्टा पुर्‍याउने लक्ष्यसाथ काम भइरहेको सो अवसरमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस