९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजलाई अराजकतातर्फ जान नदिन महिलाको भूमिका महत्वपूर्ण’

अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले समाजलाई अराजकतातर्फ जान नदिनका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधारणसभा’ कार्यक्रममा उनले हिजोको जस्तो एकअर्कासँग निकट सम्बन्ध नभएर अहिले समाज व्यापक बन्दै गएकाले समाजमा विभिन्न खालका विकृति देखिन थालेको बताए ।

आफूले नेतृत्व गरेको सङ्गठनका अनुभवका आधारमा महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान गर्नसक्ने देखिएको उनको भनाइ छ । पत्रकारिताको सुदृढीकरणमा महिला पत्रकारको भूमिका रहेको उनले औँल्याए । उनले भने, ‘पत्रकारितालाई स्वस्थ, व्यवस्थित र मर्यादित बनाउन महिला पत्रकारको भूमिका रहेको छ ।’

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महासङ्घले नियमितरुपमा मिडियामैत्री कानून निर्माणका लागि सरकारलाई दबाब दिइरहेको बताए । पत्रकार बबिता बस्नेतले नयाँ र ‘मिड करियर’ पत्रकारको आफ्ना सहकर्मीसँग प्रतिष्पर्धा भए पनि पुरानाको आफैँसँग प्रतिष्पर्धा हुने गरेको औँल्याए ।

समूहका पूर्वअध्यक्ष निर्मला शर्माले समूहले विगतदेखि नै महिलाका मुद्दा मूलप्रवाहीकरण गर्दै आएको बताइन् । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले जिल्ला जिल्लाका रेडियोहरुमा महिला पत्रकार सक्रियरुपमा सूचना सम्प्रेषणको काममा लागिरहेको बताइन्। समूहकी अध्यक्ष नितु पण्डितले समूहका प्रदेश र जिल्लास्तरमा सङ्गठन विस्तार भइरहेको र तीनले त्यस क्षेत्रमा सक्रियरुपमा काम गरिरहेको बताइन् ।

समूहले हिमाल खबर पत्रिकामा प्रकाशित लेखका लागि पत्रकार रामु सापकोटालाई सञ्चारिका समानता पुरस्कार प्रदान गरेको छ । एक वर्षभर राजधानीका पत्रिकामा प्रकाशित लेखहरुबाट छनोट गरेर महिलासम्बन्धी उत्कृष्ट लेखलाई पुरस्कृत गरिँदै आइएको समूहले जनाएको छ । यस वर्ष उमासिंह पत्रकारिता पुरस्कारबाट पर्साकी पत्रकार माधुरी महतो पुरस्कृत भएकी छन् । यस वर्षको सञ्चारिका प्रोत्साहन पुरस्कारबाट पार्वती थापामगर र सुष्मा बराइलीले प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस