८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकताको पूर्णतापछि सरकारले गति लिन्छ : नेता खनाल

अ+ अ-

पशुपतिनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताको प्रक्रियाले पूर्णता नपाएका कारण सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । दुई कम्युनिष्ट पार्टी एकताका सन्दर्भमा कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत भएका उनले जटिल परिस्थितिमा पनि १५ महीनाको अथक प्रयासपछि एकता प्रयासले गति लिएको बताए ।

जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणका लागि यहाँ आएका नेता खनालले इलामबाट भावनात्मक, सैदान्तिक, वैचारिक र सङ्गठनात्मकरुपमा एकताको प्रक्रिया अगाडि बढेकाले अब यसलाई देशका ७७ वटै जिल्लामा क्रमशः विस्तार गर्दै लगिने जानकारी दिए । उनले पार्टीको तल्लो कमिटीमा केही समस्या देखिए पनि त्यसलाई चाँडै निकास दिएर ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक तुल्याउन नेकपा नेतृत्वको सरकार जोडतोडले अघि बढेको छ भने ।

नेपालको पराराष्ट्र नीति कमजोर नभएको जानकारी दिँदै नेता खनालले असंलग्न परराष्ट्र नीति अपनाउँदै आएकाले विश्वका सबै देशसँग सम्बन्ध विस्तारमा नेपाल पछि नपर्ने बताए ।

कुनै विधेयक ल्याउँदा केही कमजोरी भए पनि त्यसलाई सच्याउँदै अगाडि बढे सरकारले उचाइ लिनेमा जोड दिँदै उनले पार्टीको एकता भए पनि सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, विभाग र परिषद् गठनपछि मात्र कम्युनिष्टको एकता पूर्ण हुने बताए ।

संविधानले प्रदत्त गरेका तीनवटै तहका सरकारमध्ये प्रदेश सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको सन्दर्भमा संघीयता फष्टाउन समय लाग्ने भएकाले केही वर्षको अभ्यासपछि यसले सही दिशा लिनेमा जोड दिँदै नेता खनालले तीनै तहका अधिकार संविधानले किटान गरे पनि केही अधिकार व्यवहारमा कार्यान्वयन भएपछि मात्र स्पष्टरुपमा बुझ्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस