९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टानले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने

अ+ अ-

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने भएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)ले आज यहाँ आयोजना गरेको टानको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा पर्वतीय पर्यटनको विस्तारका लागि नयाँ गन्तव्य खोजी गर्ने बताइएको हो ।

कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतीय पर्यटन क्षेत्रमा लागेका व्यवसायीको समस्या समाधानका लागि टान लाग्ने बताए । ‘नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन टान पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग सहकार्य गरेर अगाडि बढ्छ’, उनले भने ।

आफ्नो संस्था पर्यटन मन्त्रालयसँग दाहिने हात बनेर सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । उनले निर्वाचनमा राखेका प्रतिबद्धता पूरा गर्न नयाँ कार्यसमिति दृढ भएर अगाडि बढ्ने बताए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले टानलाई राजनीतिबाटमुक्त बनाएर अगाडि बढाउनुपर्ने बताए । ‘ यो संस्थालाई राजनीति गर्ने थलोभन्दा पनि व्यवसायीको हकहितका लागि लड्ने थलोको रुपमा विकास गरौँ’, उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी रामशरण थपलियाले पर्वतीय पर्यटनको विकासका लागि नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताए ।

टानका वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, महासचिव सरिता लामालगायतले पर्वतीय पर्यटनमा देखिएका समस्या समाधानका लागि नयाँ कार्यसमितिले काम गर्ने बताए् । राष्ट्रिय अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्दकुमार ढुङ्गानाले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न नवनिर्वाचित कार्यसमितिसँग आग्रह गरे ।रासस

प्रतिक्रिया दिनुहोस