५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन क्षेत्रमा डेङ्गुको प्रभाव हुन नदिन निर्देशन

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा डेङ्गुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरणका लागि निर्देशन दिएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणका विषयमा आज मन्त्रालयमा सरोकार भएका निकायसँग छलफल गर्दै उनले डेङ्गुले पर्यटनमा पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वसर्तकता अपनाउन निर्देशन दिएका हुन् ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्डअनुसार औषधि छर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

साथै नेपाल होटल संघ, रेष्टुरेन्ट व्यवसायी संघ, पर्यटक यातायातलगायत पर्यटकीय सेवा दिने विभिन्न निकायले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधिकोसमेत मापदण्डअनुरुप गर्न गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री भट्टराईले डेङ्गुबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सही सूचना शीघ्र प्रवाह गरी यसको असर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । उनले खुल्ला क्षेत्र रहेका तथा पर्यटकको बढी उपस्थिति रहने पशुपति, लुम्बिनी, जनकपुर, पोखरा एवं सौराहालगायतका पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान चलाउन निर्देशन दिए ।

यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा यससम्बन्धी तथ्यपूर्ण सूचना सम्प्रषेण गरी नेपालको पर्यटन क्षेत्रमा यसको असर पर्न नदिन तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय दृष्टीले नेपाल पूर्ण सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्डलाई उनले निर्देशन दिएको जनाइएको छ ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विशेषज्ञ प्रतिनिधि, गृह मन्त्रालयका प्रतिनिधि, प्राधिकरण, होटल संघ, वायुसेवा सञ्चालकका प्रतिनिधि, पर्यटक बस व्यवसायी संघलगायतका पर्यटन तथा हवाई क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस