१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिकूल मौसमले खुम्बु आउने पर्यटक अन्नपूर्णतर्फ

अ+ अ-

सोलुखुम्बु । खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ । काठमाडौँबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन् ।

सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । उनका अनुसार चार दिनसम्म लुक्लामा कुनै पनि उडान नहुँदा करीब ९०० को हाराहारीमा खुम्बु आउने पर्यटक अन्य पदमार्गतर्फ लागेका छन् । लुक्लाको उडान रद्द भएपछि पर्यटकसमेत अन्नपूर्ण क्षेत्र जाने गरी गन्तव्य परिवर्तन गर्ने गरेका ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।

विदेशी पर्यटकको हवाईमार्गमा चाप अत्यधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काई नेपाल ट्रेक्स प्रालि काठमाडौँका निर्देशक बलबहादुर दर्नालले बताए । खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाईसेवा नै हो । हवाईसेवा नै प्रभावित हुँदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन व्यवसायीको भनाइ छ ।

लुक्लाका होटल भरिभराउ

मौसम प्रतिकूल भई उडान नहुँदा लुक्लाका होटल खचाखच भरिएका छन् । भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटक उडान नहुँदा लुक्लामै बसेका छन् । विगत चार दिनदेखि मौसम प्रतिकूल बन्दा कुनै पनि उडान तथा अवतरण हुननसकेका नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिए । होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४०० भन्दा बढी पर्यटक काठमाडौं जानका लागि विमानको पर्खाइमा छन् । खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटक लुक्लामा विमानको पखाईमा बसेका हुन् ।

केही दिन उडान नभए मूल्यसमेत बढ्ने

हवाईसेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यान्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयवासीले बताएका छन् । खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । हवाईसेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यान्नसमेत सकिँदै जाने भएकाले मूल्य बढ्ने उनको भनाइ छ ।

मजदूरलाई खर्च अभाव

मौसम प्रतिकूल भई उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदूरलाई समेत समस्या भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवा पर्यटक नआएपछि त्यत्तिकै बस्न बाध्य छन् । रोजगारीको खोजी गर्दै लुक्ला पुग्नुभएका महाकुलुङका लक्ष्मण खालिङका अनुसार पर्यटकको पर्खाइमा सयौँ युवा लुक्लामा बसेका छन् ।

पर्यटकीय सिजन शुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकूलताका कारण समस्यामा परेको बताउँछन् । कोठामै बसेर खाँदा खर्चसमेत सकिसकेको अर्का मजदूर मनकुमार राईले बताए । जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीका रूपमा खुम्बु क्षेत्र जाने प्रचलन छ । उनीहरु महत्वपूर्ण चाड दशैँतिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस