१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव समूहका प्रमुख र सेक्रेटरीलाई पाँच मुद्दा

अ+ अ-

भद्रपुर । झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, सङ्गठित अपराध, विस्फोटक पदार्थ र चन्दा आतङ्कको अभियोग लगाइएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामा सो समूहका जिल्ला इन्चार्ज इलाम माङसेबुङ–१ घर भएका ३४ वर्षीय प्रविण मिश्र, जिल्ला प्रमुख हल्दिबारी–५ का ४४ वर्षीय टीका पोखरेल, मकवानपुर भीमफेदी–२ का २६ वर्षीय अनुल सारुमगरलगायत छन् । सोमबार दिउँसो पाँचै जनालाई विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । अभियुक्तका साथबाट हतियार र प्रचार सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

मिश्र र पोखरेललाई प्रहरीले विर्तामोडको एक चिया पसलबाट पक्राउ गरेको थियो भने मगरलाई डेराबाट दुई थान कुटवा पेस्तोल, चार राउण्ड गोली, चन्दा सङ्कलन रसिदलगायतका कागजातसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले यसअघि नै पाँचथर जिल्लाका इन्चार्ज राजु दास, ताप्लेजुङ जिल्लाका इन्चार्ज सागर लिम्बू, मेची ब्यूरो समन्वय समितिको गणेश कार्की, ताप्लेजुङका सेक्रेटरी नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य यामबहादुर लिम्बूलाई पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस