९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषधसहित चार युवक पक्राउ

अ+ अ-

लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ४०२४ नंको मोटरसाइकल जाँच गर्दा लागुऔषधसहित उदयपुरको रौतामाई गाउँपालिका–९ मुरकुच्ची निवासी ३१ वर्षीय राजु तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङका साथबाट लागुऔषध डाइजिल्याब १३ एम्पुल, नोफिलन १३ एम्पुल, फेनारगन १३ एम्पुल र नाइट्रोसन २४ ट्याबलेटलगायत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट लागुऔषधसहित गोलबजार नगरपालिका–१ निवासी २५ वर्षीय मोहम्मद कलाम अन्सारीलाई पक्राउ गरेको हो । अन्सारीका साथबाट नाइट्रोभेट ४५ पिस, ५० ग्राम गाँजासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै लागुऔषध गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–३ कसाहा घर भई सिरहाकै कर्जन्हा नगरपालिका–३ खैराटोल बस्ने ३६ वर्षीय प्रमोद यादवलाई पक्राउ गरेको छ ।

आफ्नै घरमा लागुऔषध गाँजा लुकाइछिपाई बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले कागजमा पोका पारेको ११० ग्राम गाँजासहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

त्यस्तै प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिकास्थित गाढाबाट लहान नगरपालिका–१ निवासी १९ वर्षीय रामअवतार साहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले फेनागन, नाइट्रोसन, डाइजोल्यापलगायत ९९ थान लागुऔषधसहित साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस