९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भाग्यरेखा कोरिएको दिन’ संविधान दिवस : मुख्यमन्त्री शाही

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवस ‘जनताको भाग्यरेखा कोरिएको दिन’ भएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित चौथो संविधान संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहीले नेपाली जनताको बलिदान र त्यागले प्राप्त भएको संविधानको कार्यान्वयनबाट मात्र जनताको कोरिएको भाग्यरेखा सुनिश्चित हुने बताए । यस प्रदेशमा जनचाहना अनुरूपको समृद्धि र विकास गर्न प्रदेश सरकार कटिबद्ध भएर लागेको उनले बताए।

‘संविधानप्रदत्त अधिकारबमोजिम समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागि परेको छ’, मुख्यमन्त्री शाहीले भने, ‘सरकार बनेको डेढ वर्षको अवधिमा अत्यावश्यक कानून तर्जुमा, प्रदेश सरकारको सङ्गठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, योजना आयोगको गठन गरेका छौँ ।’

आपतकालीन उद्धार तथा राहत वितरण, सबै नागरिकको विपद् दुर्घटना बीमालगायतका कामहरुमा सरकार अघि बढेको उनको भनाइ थियो । प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि छोटो अवधिमै कर्णाली प्रदेश सरकार विकास र समृद्धिको जग निर्माण गर्न सफल भएको मुख्यमन्त्री शाहीले उल्लेख गरे । संघीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले सुनिश्चित गरेका मौलिक हकको कार्यान्वयनको दिशामा अघि बढ्नुमा नै संविधान दिवस मनाउनुको सार्थकता रहेको उनको जिकिर थियो ।

संविधान कार्यान्वयन प्रक्रियालाई केही प्रतिगामी शक्तिहरुले अवरोध गर्न खोजेको आरोप लगाउँदै मुख्यमन्त्री शाहीले परिवर्तनको प्रवाहलाई कसैले पनि रोक्न नसक्ने दाबी गरे । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जनताको संविधान निर्माण हुनु शहीदहरुको बलिदानी नै मुख्य कारण भएको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले तीव्र गतिमा आर्थिक, सामाजिक तथा भौतिक विकास गर्दै सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणका लागि सबै नागरिकमा दिवसले प्रेरणा पैदा गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

दिवसमा वीरेन्द्रनगर सुर्खेतको मङ्गलगढी चोकबाट प्रभातफेरी कार्यक्रम शुरु भएको थियो । प्रदेश सरकारका मन्त्रीहरु, प्रतिपक्षी दलका नेता, संघीय संसद्, प्रदेशसभा तथा योजना आयोगका पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत आम नागरिक सहभागी भएको उक्त कार्यक्रम बालबालिकाहरुको टप्पा नाच, राउटेहरुको नृत्य, नेपाली सेनाका जवानहरुको थारु नृत्य, तेक्वान्दो खेल प्रदर्शनसहित सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस