९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्लामा सञ्चार सेवा अवरुद्ध

अ+ अ-

हुम्ला । गत भदौ २० गतेदेखि विद्युत् अवरुद्ध हुँदा तीन दिनदेखि सिमकोटमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । विद्युत् अवरुद्धपछि नेपाल टेलिकम शाखाले जेनेरेटर सञ्चालन गरेर सदरमुकाम आसपासलाई सञ्चारमा जोडे पनि तीन दिनदेखि जेनेरेटर बिग्रँदा यहाँका स्थानीय सञ्चारविच्छेद हुन पुगेका छन् ।

भदौ २० गतेदेखि पेन स्टक पाई र नहर मर्मतका लागि भन्दै करीब २० दिनका लागि विद्युत् बन्द हुँदा पावर नपुगेर जेनेरेटरबाट सेवाग्राहीलाई सञ्चारमा जोडे पनि सदरमुकामसहित आसपासका क्षेत्र सञ्चार विच्छेद हुन पुगेका छन् । जिल्लामा नमस्ते, इस्काई ल्यान्डलाइनले काम नगर्दा सेवाग्राही भने मर्कामा परेका छन् ।

विद्युत् पावरका कारण बन्द रहेको नेपाल टेलिकमका सबै सेवा नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जको अनुमति लिएर जेनेरेटर सञ्चालन गरेर सेवा सञ्चालन गरिएको भए पनि सेवाग्राहीलाई सञ्चारमा जोड्न कुनै विकल्प नभएको नेपाल टेलिकम शाखा जुम्लाका निमित्त प्रमुख रामबहादुर बोहराले जानकारी दिए ।

टेलिकमको सेवा बन्द हुँदा जिल्लामा रहेका वल्र्ड लिङ्क र एनसेलको सेवा पनि प्रभावित बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटमा एनसेलको एउटा मात्रै टावर रहे पनि क्षमताभन्दा बढी सेवाग्राहीले एनसेलको सिम कार्ड प्रयोग गर्दा फोनले काम नगरेको हो । नेपाल टेलिकम शाखा कार्यालय सिमकोटमा लाखौँ मूल्यका सोलार प्यानल भए पनि मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छन् ।

पावर हाउसमा रहेका १२ वटा पेन स्टक पाइप ओसार्न ढिलाइ हुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । आज मात्रै बाँकी रहेका १२ वटा पेन स्टक पाइप ओसार्न तीनवटै सुरक्षा निकायका अङ्ग प्रजिअ विनिता भट्टराईको नेतृत्वमा हेल्दुममा गएका सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिए।

हेल्दुम विरतण केन्द्रले वितरण गर्दै आएको विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प हुनाका साथै सदरमुकाममा सञ्चालित इलेक्ट्रोनिक पसल, कम्प्युटर इन्स्टिच्युटलाई समेत घाटा भएको अलिश्मा इन्स्टिच्युटका सञ्चालक प्रेम बोहराले जानकारी दिए। विद्युत् अवरुद्धसँगै जिल्लामा टेलिफोन, इन्टरनेट नहुँदा इमेल, फ्याक्स गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस