१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोत्र गाउँको घरबासमा पर्यटक वृद्धि

अ+ अ-

सिञ्जा । जुम्ला गुठीचौर गाउँपालिका वडा नं १ चोत्र गाउँमा १५ घरधुरीबाट शुरु भएको घरबास (होमस्टे)मा अहिले आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । त्यहाँको घरबासमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटक पुग्ने गरेका छन् । गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने त्यो गाउँ घरबास गाउँका रुपमा विकसित भएको छ ।

गुठीचौर गाउँपालिकाको सहजीकरणमा घरबास स्थापना गरिएको हो । पन्ध्र घरधुरीबाट शुरु भएको घरबासलाई अहिले ५५ घरमा विस्तार गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । जाजरकोट र डोल्पा जिल्लाको नजिकै पर्ने चोत्र र गडीगाउँलाई पर्यटन क्षेत्रका रुपमा विकास गरिने लक्ष्य रहेको उनको भनाइ थियो ।

विशेष गरी हिउँदको समयमा बढी पर्यटक भित्रिने गरेका छन् । स्वच्छ वातावरण, खानेपानी, शौचालय, बिजुली बत्तीलगायत सुविधाको व्यवस्था गरिएकाले पर्यटक घरबासमा आकर्षित भएको चोत्र गाउँका हिमा आगम्मु बुढाले बताए । घरबास सञ्चालन भएका घरमा पाँचदेखि १० जनासम्म बस्न सक्ने क्षमता रहेको उनको भनाइ थियो ।

‘घरबासलाई अझै व्यावसायिक बनाउने सोच बनाएका छौँ’, उनले भने, ‘आउँदा दिनमा अझै सुविधा सम्पन्न बनाउने प्रयत्नमा छौँ ।’ प्राङ्गारिक खाना आलु, मकै, मूला, कोदोको ढिँडो, सिस्नो, स्थानीय कुखुरा तथा स्थानीय परिकारमा पर्यटक रमाउने गरेका छन् । घरबास सञ्चालन गरेपछि आफ्नो घरखर्चसमेत राम्रोसँग चलेको बुढाले बताए ।

यस गाउँको कला, संस्कृति र मौलिकतासँगै पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए। पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष गरेर ग्रामीण तहमा घरबास बनाउन थालिएको उनको भनाइ थियो । पदयात्राका लागि पदमार्ग धेरै भएकाले यस क्षेत्रमा बसोबासका लागि सहज हुने अपेक्षाका साथ घरबासको अवधारणा स्थानीय सरकारले ल्याएको अध्यक्ष भण्डारीले जानकारी गराए ।

ग्रामीण तहमा घरबास सञ्चालनले स्थानीय स्रोत र साधनको परिचालन, स्थानीय कृषिको प्रवर्द्धनसँगै प्राङ्गारिक खानाले स्थानीयवासीको आर्थिक अवस्थामा सुधार हुनाका साथै प्राङ्गारिक खानाको प्रयोगले स्थानीय कला, संस्कृति र जीवन पद्धतिसमेत संरक्षण हुने उनको भनाइ थियो ।

पर्यटकको सहजताका लागि प्रत्येक घरमा टेलिफोन सेवा जडान गरिने जानकारी दिँदै उपाध्यक्ष जानदेवी ऐडीले उक्त गाउँलाई नमूना घरबासका रुपमा विकास गरिने बताए । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक घरबास बनाउनेको सङ्ख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस