८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याउले मूल्य नपाउँदा कृषक मर्कामा

अ+ अ-

सुर्खेत । गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको । यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ ।

यो वर्ष जुम्लाले छ हजार १०० मेट्रिक टन स्याउ उत्पादन गरेको छ । स्याउ नेपालका प्रमुख शहर सुर्खेत, कोहलपुर, नेपालगञ्ज, धनगढी, बुटवल, पोखरा, काठमाडौँ मात्र नभएर सल्यान, जाजरकोट, दैलेख, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची र गुल्मी जस्ता पहाडी र भित्री मधेशका जिल्लामा पुगेको छ । रङ्गीन, स्वादिलो, पोटिलो, आकर्षक र सस्तो भएर होला यसले चाइनिज तथा भारतीय स्याउलाई पनि विस्थापित गरेको छ ।

स्याउले नेपाली बजार ढाकेर भारतीय स्याउ विस्थापित गरे पनि लगानीअनुसारको मूल्य प्राप्त नगरेको स्याउ किसानले गुनासो गरेका छन् । चन्दननाथ नगरपालिका– ८ जुम्ला उम्खोला गाउँका कृषक धर्मसिंह कठायतले राम्रो मूल्य पाउने आशाले सुर्खेतमा स्याउ पुर्‍याउँदा पनि घैयाको भाउमा स्याउ बेच्नुपरेको गुनासो गरे ।

“पोहोर साल घरमा १५ क्विन्टल स्याउ उत्पादन गरे घरमै प्रतिकेजी रु ५०–७० हामी किसानले मूल्य पायौँ । यसले हामीलाई खेती गर्नतर्फ उत्साहित पनि बनायो”, कृषक कठायतले भन्नुभयो, “रातदिनको मेहनतले होला यस वर्ष १०८ क्विन्टल स्याउ उत्पादन भयो । प्रतिकेजी रु १०० पर्ने स्याउ सुर्खेतमा पु¥याउँदासमेत मुस्किलले प्रतिकेजी रु ५९ मा बाध्य भएर बिक्री गर्नुपर्‍यो ।”

अहिले कर्णाली, रत्न, महेन्द्र राजमार्ग आसपासका शहर तथा बजार स्याउमय बनेका छन् । जहाँतहीँ जुम्ली स्याउले ढाकेको छ । कर्णालीको डोल्पा, मुगु, कालीकोट, हुम्लाका स्याउ पनि दक्षिणका बजारमा निर्यात भएको छ । मूलतः सबै जिल्लामा उत्पादित स्याउ जुम्ली प्राङ्गारिक स्याउका नामले बिक्री वितरण भइरहेको उपभोक्ता बताउँछन् ।

त्यस्तै अर्का स्याउ कृषक पृथ्वीबहादुर बुढाले पनि लगानीअनुसारको मूल्य नपाएको बताए । सरकारले स्याउ कृषक तथा व्यापारीको समस्यामा चासो नराख्दा बिचौलिया मोटाउने गरेको आरोप लगाउँदै कृषक बुढाले भने, “स्थानीय वा प्रदेश सरकारले शीत भण्डारको व्यवस्था नगरेसम्म किसानले यो समस्या बेहोरी राख्नुपर्छ ।”

सुर्खेतका स्याउ व्यापारी प्रकाश तिमिल्सिनाले राज्यको कमजोर नीतिका कारण स्याउ किसानलाई मर्का परेको गुनासो गरे। व्यापारी तिमिल्सिनाले भने, “राज्यले कृषकलाई जतिसक्दो स्याउ उत्पादन गर भन्यो तर त्यसको उचित व्यवस्थापनका लागि बजारीकरण, ‘ग्रेडिङ’का विषयमा कहिल्यै ध्यान दिएन ।” बजारको सुनिश्चितता नहुँदासम्म किसान तथा स्याउ व्यापारीले दुःख पाउने उनले जिकिर गरे।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले यो मौसममा ह्वात्तै स्याउ जाँदा यसका किसानले अपेक्षित मूल्य प्राप्त नगरेको बताए । “बजारमा मागभन्दा आपूर्ति बढी हुँदा स्वभाविकरुपले यस्ता समस्याबाट किसान मर्कामा पर्नुपर्दोरहेछ”, उनले भने, “किसानका यी समस्या समाधान गर्न सरकारले बहुआयमिक शीतगृह निर्माणको योजना अघि सारेको छ ।”

प्रतिक्रिया दिनुहोस