५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त ? : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले समीक्षा गर्ने बेला आएको बताएका छन् ।

सहाना प्रधानको पाँचौं स्मृति दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले विचार, राजनीतिसँगै संगठनात्मक र जीवनको आचरण के हुने भन्ने प्रष्ट गर्ने चुनौती रहेको बताए ।

उनले पार्टी एकतापछि आदर्श र विचारबाट स्खलित हुँदै जाने प्रक्रिया सुरु भएको बताउँदै हामी साच्चै कम्युनिस्ट नै जस्ता छौं त अहिले भनेर प्रश्न गरेका छन् ।’

‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं । के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त ?’ उनले भने, ‘या हामी विस्तारै कांग्रेस या हिजोका निरंकुशतावादीहरुको जस्तै पद प्रतिष्ठाका निम्ति।’

कम्युनिस्ट भन्नासाथ लामो समयदेखि गरिब, उत्पीडित, न्याय, स्वतन्त्रता, समानताका निम्ति लडेको भनेर सम्झिएर जनताले भोट दिएको बताउँदै उनले भने ‘तर यसो व्यवहार, आचरण हेर्दा उस्तै–उस्तै देखियो नि ।’

पूर्वी युरोप र सोभियत संघमा पनि कम्युनिस्ट सत्तामा पुगेपछि मान्छेको धेरै आक्रोश देखिएको उनले स्मरण गरे । अध्यक्ष प्रचण्डले भने, ‘हामी कहाँ समाजवादी क्रान्ति स्थापना गर्न आवश्यक पर्ने विचारको स्पष्टता आयो त ? त्यो विचारअनुसार व्यवहार, आचरण र जीवनचर्यातिर अगाडि बढेका छौं कि हामी अर्को वर्ग जस्तो हुँदै गयौं ? यो आजको मुख्य प्रश्न हो ।’

समाजवादी क्रान्ति गर्ने मिसन पूरा गर्न एकतावद्ध भएर विशाल फौज तयार पार्नुपर्ने भन्दै उनले त्यसो गर्न नसकिए नभए पूर्वी युरोपका पार्टीहरु भन्दा धेरै फरक नहुने उनले बताए ।उनले भने, ‘भन्न त मीठामीठा कुरा भन्न सकिने रहेछ । हामीले देख्यौं नि हिँजोका राजा महाराजाहरुले विकासको मूल फुटाउने कुरा त गरेकै हुन् । ‘अर्को फुट्यो । त्यसैले के भन्ने ठूलो रहेनछ । हामीले के गर्छौं भन्नेका जति अर्थ र महत्व छ ।’

प्रतिक्रिया दिनुहोस