८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न उपराष्ट्रपतिको आग्रह

अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघसंस्थालाई आग्रह गरेका छन् ।

चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र समाज कल्याण परिषद्द्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याए जस्तै गरी सामाजिक संघसंस्था र अभियानकर्मीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेमा विश्वास व्यक्त गरे ।

उनले प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्नु सामाजिक संघसंस्थाको कर्तव्य रहेको बताए। उनले भने, ‘लोकतन्त्रमा मात्रै सामाजिक संघसंस्था फस्टाउन सक्ने र सामाजिक काम पनि गर्न सम्भव हुन्छ, वर्तमान राजनीतिक परिवर्तन र उपलब्धिका लागि सामाजिक संघसंस्थाले खेलिरहेको भूमिका सराहनीय छ, आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणका लागि निर्वाह गरेको भूमिकाका लागि सामाजिक संघसंस्थालाई धन्यवाद दिँदै प्राप्त उपलब्धिप्रति गौरव गर्न आग्रह गर्दछु ।’

उपराष्ट्रपति पुनले केहीले राम्रो काम गरिरहेको उदाहरण भए पनि ती सामाजिक संस्थाको रकम लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो आइरहेकाले लक्षित समुदायलाई परनिर्भरताभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले गाउँमा कुनै सानो सामाजिक कामका लागि बैठक बसौँभन्दा भत्ता कति आउँछ भन्ने प्रवृत्ति निकै बढेको पाइन्छ, जस्तो कर्णालीका स्थानीय जनताका लागि स्थानीय उत्पादनमा जोड दिने र त्यसबाट आर्थिक उत्पादनको सोचको विकास गर्नुभन्दा निरन्तर चामल पठाइराख्ने र परनिरर्भर बनाइराख्नेमा मात्रै हामी केन्द्रित भएका त छैनौँ ।’

उनले गैरसरकारी संघसंस्थाले काठमाडौँका ठूला होटलहरुमा कार्यक्रम गरेर पैसा सक्नुको सट्टा कर्णालीका जनतालाई स्याउ, जडीबुटी, पशुपालनमा लाग्न प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यक औँल्याए ।

महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गैरसरकारी संस्थाको प्रभावकारी परिचालनमार्फत देशको आर्थिक भौगोलिक क्षेत्रका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता क्षेत्रलगायत समग्र कल्याणका क्षेत्रमा परिषद्ले योगदान पुर्‍याउँदै आएको बताए । उनले अब बन्ने परिषद्को ऐन नेपालको संविधानको उद्देश्य र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर बनाइने प्रतिबद्धता व्यक्त गरे ।

परिषद् सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाको सहजीकरण, समन्वय र ती संस्थाले सञ्चालन गर्ने कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्न स्थापना गरिएको स्वायत्त निकाय हो ।

हाल नेपालमा कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था परिषद्बाट स्वीकृति लिएर काम गर्दै आएका छन् । हाल २५० भन्दा बढी अन्तर्राष्ट्रिय र ५० हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था परिषद्मा आबद्ध छन् । कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस