११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो तलब विद्यार्थीलाई सहयोग

अ+ अ-

गलेश्वर । म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका हुन् । उनले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविको ४४औँ वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले अध्यक्ष पुनले प्रदान गरेको रु एक लाख विद्यार्थीलाई वितरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै मन्त्री पुनले अध्यक्षको सहयोगले गरीब विपन्न परिवारका जेहेन्दार विद्यार्थीको अध्ययनमा ठूलो सहयोग पुग्ने बताए । प्रदेश सरकारले शैक्षिक क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउनमा जोड दिएकोसमेत उनले बताए ।

गाउँपालिकाका अध्यक्ष पुनले घोषणाअनुसार आफूले पाउने सेवा सुविधाबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ज्ञानप्रकाश माविका छात्र एलिस पाइजालाई रु ५० हजार र सोही विद्यालयकी एलिना बैरागी र मुक्तिमार्ग मावि घारकी पवित्रा खड्कालाई जनही रु २५ हजारका दरले ५० हजार गरी तीन विद्यार्थीलाई रु एक लाख सहयोग गरेका हुन् ।

आर्थिक अभावका कारण विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनी हौसला प्रदान गर्नका लागि आर्थिक सहयोग गरेको अध्यक्ष पुनले बताए । गाउँपालिकाबाट पाउने सेवा सुविधासमेत नलिनुभएका उनले आगमी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताए । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम सञ्चालनसँगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस