८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुनासो यसपटक आउन दिन्नौँ : यातायात व्यवसायी

अ+ अ-

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ ।

महासंघको प्रदेश नं ३ कार्यालयको आज कोटेश्वरमा उद्घाटनका अवसरमा अध्यक्ष होमप्रसाद अधिकारीले महासंघको लोगो अङ्कित निलो ट्रयाकसुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुले दु:ख झेल्ने र ठगिनुपर्ने अवस्था नआउने स्पष्ट पारे।

यात्रुले अनावश्यक हैरानी खेप्नु नपरोस् भन्ने हेतुले लामा तथा मध्यम दूरीमा चल्ने महासंघ मातहतका सवारी साधनको टिकट काउन्टरमा बस्ने कर्मचारीको पहिचानका लागि पोशाक वितरण गरिएको उनले बताए ।

टिकट काउन्टरमा बस्ने करीब ५० जनालाई महासंघको लोगो अङ्कित पोशाक प्रदान गरिएको वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर तिमिल्सिनाले जानकारी दिए । चाडपर्व मनाउन आफ्नो घर जान लागेका यात्रुलाई टिकट काट्ने नाममा अनावश्यक दु:ख दिने, टिकट दिने सिट उपलब्ध नगराउने, यात्रुलाई तानातान गरेर हैरानी बनाउने प्रवृत्तिलाई निरुत्साहन गर्न कर्मचारीलाई पोशाक वितरण गरिएको उपाध्यक्ष तिमिल्सिनाले बताए ।

मुलुकमा विभिन्न भागमा सवारी साधन सञ्चालन गर्ने ८० भन्दा बढी विभिन्न यातायात प्रालि महासङ्घमा आबद्ध छन् । महासङ्घसँग आबद्ध प्रालिबाट लामो, मध्यम र छोटा दूरीका गरी करीव २० हजारको सङ्ख्यामा सवारी साधन सडकमा गुड्दै आएको बताइएको छ ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले यात्रुलाई सुरक्षित ढङ्गबाट चाडपर्व मनाउन जाने र फर्कने वातावरण मिलाउने सरकारको नीतिलाई अनुशरण गरेको भनी महासङ्घका पदाधिकारीलाई धन्यवाद दिए ।

यात्रुलाई सुविधासाथ निर्धारित समयमा तोकिएको स्थानमा पुर्‍याउन बिग्रिएका सडक र पुलपुलेसा बाधक रहेको हुँदा कतिपय स्थानमा तत्काल सुधारको आवश्यकता देखिएको भनी सो अवसरमा यातायात व्यवसायीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस