१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बास्केटबलको उपाधि बूढानीलकण्ठलाई

अ+ अ-

काठमाडौं ।  बूढानीलकण्ठ क्लबले पाँचौँ खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके)को कोर्टमा आज भएको फाइनल खेलमा बूढानीलकण्ठले कीर्तिपुर क्लबलाई ६३–४२ ले पराजित गर्‍यो ।

बूढानीलकण्ठका रुपेश नापितले १९ अङ्क जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले आठ अङ्क जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे । उपाधिसँगै बूढानीलकण्ठले रु ४० हजार हात पार्‍यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको कीर्तिपुरले भने रु २० हजार प्राप्त गर्‍यो । बूढानीलकण्ठका रुपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए ।

विजेतालाई प्रदेशसभा सदस्य नारायण सिलवाल, बीएमकेका अध्यक्ष हरि अधिकारी, बीएमकेका सचिव लक्ष्मण थापा, प्रतियोगिता संयोजक अनुप मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । यही असोज ४ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस