६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाले शुरु गर्‍यो खसीबोकाको परीक्षण

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाहिरबाट दशैँका लागि काठमाडौँ ल्याइएका खसीबोका, भेडाच्याङ्ग्राको सिङ्मा रङ लगाउन शुरु गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को नेतृत्वमा आज पशु सेवा विभाग, वाणिज्य तथा आपूर्ति विभाग, खाद्य तथा गुणनियन्त्रण विभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले कलङ्कीस्थित खसी बजार पुगेर रङ लगाउन शुरु गरेको हो ।

त्यस क्रममा उपप्रमुख श्रेष्ठले, पशुसेवा विभागका महानिर्देशक डा. बंशी शर्मा र वडा नं १४ का अध्यक्ष शोभा सापकोटाले च्याङ्ग्राका सिङ्मा हरियो रङ लगाए । पर्वमा खाइने मासुजन्य परिकारलाई स्वस्थ्य बनाउन कामपाले पशुस्वास्थ्य जाँच र बजार अनुगमनलाई एकैसाथ तीव्र बनाएको छ । महानगरले रातो रङ लगाएका खानयोग्य नभएका र हरियो रङ लगाएका खानयोग्य भएको प्रमाणित गरी बिक्रीवितरण खुला गरेको छ ।

यस पटक कामपा अन्तर्गत कलङ्की, टुकुचा र गोँगबु बाइपास गरी तीन ठाउँमा खसी बजार लाग्नेछ । यहाँ आउने खसी बोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री प्रबन्ध मिलाइएको छ । पशु ढुवानी गर्ने क्रममा बिरामी नदेखिएका तर बाटोमा आउँदा बिरामी परेका मासुजन्य चौपायाको स्वास्थ्य अवस्था के हो भनेर काठमाडौँमा स्वास्थ्यपरीक्षण गरिने पशुसेवा विभागका महानिर्देशक डा. शर्माले जानकारी गराए ।

यसैबीच कामपाले बजार अनुगमन पनि तीव्र रुपमा गरिरहेको छ । अनुगमनबाट बजारको अवस्था र आवश्यकता हेरिसकेपछि उपप्रमुख श्रेष्ठले खाद्यबस्तुको उत्पादन, ढुवानी, भण्डारण र बिक्रीसम्मका सबै चरणमा खबरदारी जरुरी देखाउँदै, मौसमी अनुगमनबाट बजार व्यवस्थापन गर्न झन जटिल भएको बताउँदै आगामी दिनमा अनुगमन नियमित गरिने बताए ।

अनुगमनका क्रममा त्रुटि भेटिए उपभोक्ता हित संरक्षण ऐनबमोजम तत्काल जरिवाना गर्ने व्यवस्था रहेको छ । ऐनमा बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल रु पाँच हजारदेखि बढीमा रु तीन लाखसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस