१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराकमा सरकार विरोधी प्रदर्शनमा एकको मृत्यु, दुई सय घाइते

अ+ अ-

बग्दाद । आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराकी प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।

इराक सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सर्वसाधारणका ती मागहरुको सही र वस्तुपरक रुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ ।

जारी यस हिंसामा एक प्रदर्शनकारी मारिनुका साथै २ सय अन्य घाइते भएका विज्ञप्तिमा उल्लेख छ । घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षाकर्मी पनि छन् ।

‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौं,’ प्रदर्शनकारीहरुले बताएका छन् ।

घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरुको अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस