काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ ।
उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधबार दिउँसोबाट हटाइएको हो ।