काठमाडौं । सभामुख कृष्ण बहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीका श्रीमानले सम्बन्ध विच्छेद गरेका छन् । बिहिबार सचिवालयकी कर्मचारी रोशनी शाहीका श्रीमान–श्रीमती दुबैले सम्बन्ध विच्छेद गरेका हुन् ।
सांसद सचिवालयकी कर्मचारी रोशनी शाही र उनका श्रीमान चित्रजंग शाही दुबैले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका छन् ।
पत्रमा ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु विते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुशी साथ अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रिया निरन्तरताका साथ’उल्लेख गरिएको छ ।
सम्बन्ध विच्छेद पत्र :