१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोटेपिङ संरक्षण गर्दै व्यास नगरपालिका

अ+ अ-

दमौली । लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षणका लागि जिल्लाको व्यास नगरपालिकाले पहल थालेको छ । जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी भेगमा लोप भइसकेको रोटे पिङको संरक्षणका लागि नगरपालिकाले पहल थालेको हो ।

सदरमुकाम दमौलीमा आजभन्दा ३१ वर्ष पहिले रोटेपिङ बनाइएको थियो । त्यसयता दमौलीवासीले कहिल्यै पनि रोटेपिङ देख्न पाएनन् । तर व्यास नगरपालिकाको पहलमा गत वर्षदेखि प्रत्येक दशैँमा खुला मैदानमा रोटेपिङ हाल्न शुरु गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

“अहिलेका पुस्तालाई रोटेपिङ कस्तो हुन्छ भन्नेबारे पनि थाहा नहुन सक्छ”, न्यौपानेले भन्नुभयो, “लोप हुँदै गइरहेकाले यसको सम्वद्र्धन र संरक्षण गर्ने प्रयास गरेका हौँ ।” नगरप्रमुख न्यौपानेका अनुसार प्रत्येक वर्षको दशैंमा रोटेपिङ हाल्ने परम्परालाई निरन्तरता दिइनेछ ।

नगरपालिकाकै आर्थिक लागतमा खुला मैदानमा पिङ बनाइएको छ । गत वर्ष हालिएकै सामग्री प्रयोग गरेर पिङ बनाइएको नगरपालिका–२ का वडा सदस्य टुकबहादुर हमालले जानकारी दिए । हमालका अनुसार रोटेपिङ बनाउनका लागि म्याग्दे गाउँपालिकाका पाँच जना खटिएका थिए । रोटेपिङ सँगसँगै दुई वटा लिङ्गेपिङ पनि बनाइएको छ ।

नगरपालिकाको सक्रियतामा दमौलीमा गत वर्षदेखि रोटेपिङ हाल्न शुरु गर्नु सकारात्मक रहेको स्थानीय प्रकाश श्रेष्ठले बताए । “रोटे पिङको संरक्षणका लागि नगरपालिकाले देखाएको चासो अत्यन्तै राम्रो छ”, श्रेष्ठले भन्नुभयो, “यसले कमसेकम दशैँमा भए पनि बजारवासीले रोटेपिङको अनुभव लिन सक्छन् ।” रासस

प्रतिक्रिया दिनुहोस