८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

अ+ अ-

सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो ।

नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ ।

चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए। तीन चालक दलका सदस्यसहित १३ विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९एन–आई–ई विमान सकुशल अवतरण सफल भएको बताइएको छ । यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्यरुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।

यही असोज १४ गतेदेखि २ महीनाका लागि मन्थली विमानस्थलबाट लुक्ला उडान हुन थालेको छ । पर्यटकीय सिजनमा उक्त विमानस्थल प्रयोग गरिँदै आएको उक्त विमानस्थलबाट लुक्लाका लागि दैनिक ४० सम्म उडान हुने गरेको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस