रुकुम । रुकुम पूर्वमा अरिङ्गाल खाँदा १० जना बिरामी भएका छन्।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा स्थानीयहरु बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकम पूर्वका प्रहरी प्रमुख डिएसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए।
बिरामी हुनेहरुमा कोलकी आशापुरी बुढा, गंगा बुढा, रेश्मा बुढा, नरबहादुर बुढा, एलीना बुढा, मनपुरी बुढा करमाया बुढा, सरेश्मा बुढा, मीना बुढा र आभाष बुढा रहेको उनले बताए।
उनीहरु सबैले गाउँ नजिकै रहेको जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर खाएका थिए। बिरामीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय रुकुमकोट ल्याइएको छ।